छोराको जन्मदिनमा समाजसेवी एबं ब्यबसायी सन्तोष जिएम द्धारा संगीतकर्मी कल्याणकारी कोषमा १६ हजार सहयोग
दाङ्ग घर भै हाल भारतको गुरुग्राममा रेष्टुरेन्ट ब्यबसाय गर्दै आउनु भएका सन्तोष सन्तोष जिएम ले संगीतकर्मी कल्याणकारी कोष बृद्धिका लागि १६ हजार रुपैया सहयोग गर्नु भएको छ ।
नेपालीहरुले सञ्चालन गरेको द चाइनिज किचन नामक रेष्टुरेन्टका सञ्चालक रहनु भएका सन्तोषले छोरा किरण जिएमको १४ औ जन्मोत्सवका अबसरमा कोषमा रकम हस्तान्तरण गर्नु भएको हो । कामको शिलशिलामा र औषधी उपचारका लागि भारत पुगेका नेपालीहरुलाई बिभिन्न खाले सहयोग गर्दै आउनु भएका सन्तोषले संगीतकर्मी कल्याणकारी कोषमा सहयोग गर्न पाएको मा खुसी ब्यक्त गर्नु भएको छ । उहाँले अरुलाई पनि सक्दो सहयोग गरि यो पवित्र अभियानमा जोडिन आग्रह गर्नु भएको छ । उहाले पठाएको रकम राजधानीमा एक कार्यक्रमकाबीच कोषलाई हस्तान्तरण गरिएको छ । यसैबीच संगीतकार संघ नेपालले सन्तोष जिएमलाई धन्यवाद दिदै उहाँका छोरा किरणको दिर्घायु र सुस्वास्थ्यको कामना गरेको छ ।
संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषको बैसाख महिना सम्मकोे विवरण सार्बजनिक भएको छ । हरेक महिनाको १ गते कोषको बिवरण सार्बजनिक गर्ने निर्णय अनुसार बैसाख महिना सममको विवरण सार्बजनिक गरिएको संघका अध्यक्ष लक्ष्मण शेषले जानकारी दिनु भएको छ । बिवरण अनुसार कोषमा ७ लाख ६८ हजार २६१ रुपैयाँ ९७ पैसा जम्मा भएको छ । संगीतकर्मी हरुका लागि मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएकोे कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम जारी रहेको संघका प्रेस सल्लाहकार लोकराज अधिकारीले जानकारी दिनु भएको छ । संघका प्रेस सल्लाहकार अधिकारीका अनुसार कोषमा सहयोग गर्न चाहनेहरुले बिभिन्न स्थानबाट सोधिखोजी गर्दै सहयोग रकमको प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ । उहाँहरुले प्रतिबद्धता गरेको सहयोग रकम आफू अनुकुलको समयमा हस्तान्तरण गर्ने बचन दिनु भएको छ । यसैबीच दाताको सहजताका लागि म्यूजिक संसार नेपालले डोनेट बक्स समेत संचालनमा ल्याएको छ । इच्छुक दाताले म्यूजिक संसार नेपालको वेव साइटमा रहेको डोनेट बक्स मार्फत कल्याणकारीकोषमा सहयोग रकम जम्मा गर्न सकिने छ । नेपाली संगीत क्षेत्रका सबै बिधाका सर्जकहरुलाई आपत बिपत पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको कल्याणकारी कोषमा सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको छ । अहिले सम्म कोष बाट ५ जना सर्जक संगीतकर्मी एकजना रंग पत्रकारको औषधी उपचारमा र एकजना सर्जकको निधनमा कोषबाट १ लाख २४ हजार ९सय ७२ रुपैया सहयोग गरिसकिएको छ । यसैबीच कल्याणकारी कोषमा सहयोग गर्ने दाताहरुलाई संघले बिशेष सम्मान गर्ने भएको छ । संघको साधारण सभाका अबसरमा त्यस्तो सम्मान गरिने छ । संघको साधारणसभा जेठ १६ गते हुदैछ । कल्याणकारी कोष बृद्धिका संघले मेचीकाली यात्रा गर्ने भएको छ । साधारण सभा लगत्तै अभियानको तयारी गरिने संघले जनाएको छ । त्यसैगरी कल्याणकारी कोष ब्यबस्थापनका लागि बैधानिक र बैज्ञानिक कार्यबिधिको तर्जुमा पनि गरिएको छ । संघले आफनै वेव साइट पनि निर्माण गरेको छ । छिटटै लञ्च गरिने वेव साइट बिशेष खालको हुने संघले बताएको छ ।