संगीतकर्मी कल्याणकारी कोषको बैसाख महिना सम्मको विवरण सार्बजनिक: ७ लाख ६८ हजार २६१ रुपैयाँ ९७ पैसा जम्मा :१६ गते दाताहरुलाई सम्मान :कोष बृद्धिका लागि मेचीकाली अभियान गरिने
संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषको बैसाख महिना सम्मकोे विवरण सार्बजनिक भएको छ । हरेक महिनाको १ गते कोषको बिवरण सार्बजनिक गर्ने निर्णय अनुसार बैसाख महिना सममको विवरण सार्बजनिक गरिएको संघका अध्यक्ष लक्ष्मण शेषले जानकारी दिनु भएको छ । बिवरण अनुसार कोषमा ७ लाख ६८ हजार २६१ रुपैयाँ ९७ पैसा जम्मा भएको छ ।
संगीतकर्मी हरुका लागि मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएकोे कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम जारी रहेको संघका प्रेस सल्लाहकार लोकराज अधिकारीले जानकारी दिनु भएको छ । विबरण सार्बजनिक भएको पर्सी पल्टै अमेरिकामा रहेका समाजसेवी बामदेव सुबेदीले पठाएको १० हजार २६७ रुपैया ७१ पैसा कोषमा हस्तान्तरण गर्नु भएको छ ।
दाङ तुल्सीपुर घर भै हाल अमेरिकाको टेक्सासमा बस्दै आउनु भएका सुबेदीले म्यूजिक संसार नेपालको अमेरिका स्थित कार्यालयमा उक्त रकम पठाउनु भएको थियो । संघका प्रेस सल्लाहकार अधिकारीका अनुसार कोषमा सहयोग गर्न चाहनेहरुले बिभिन्न स्थानबाट सोधिखोजी गर्दै सहयोग रकमको प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ । उहाँहरुले प्रतिबद्धता गरेको सहयोग रकम आफू अनुकुलको समयमा हस्तान्तरण गर्ने बचन दिनु भएको छ । यसैबीच दाताको सहजताका लागि म्यूजिक संसार नेपालले डोनेट बक्स समेत संचालनमा ल्याएको छ । इच्छुक दाताले म्यूजिक संसार नेपालको वेव साइटमा रहेको डोनेट बक्स मार्फत कल्याणकारीकोषमा सहयोग रकम जम्मा गर्न सकिने छ । नेपाली संगीत क्षेत्रका सबै बिधाका सर्जकहरुलाई आपत बिपत पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको कल्याणकारी कोषमा सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको छ । अहिले सम्म कोष बाट ५ जना सर्जक संगीतकर्मी एकजना रंग पत्रकारको औषधी उपचारमा र एकजना सर्जकको निधनमा कोषबाट १ लाख २४ हजार ९सय ७२ रुपैया सहयोग गरिसकिएको छ । यसैबीच कल्याणकारी कोषमा सहयोग गर्ने दाताहरुलाई संघले बिशेष सम्मान गर्ने भएको छ । संघको साधारण सभाका अबसरमा त्यस्तो सम्मान गरिने छ । संघको साधारणसभा जेठ १६ गते हुदैछ । कल्याणकारी कोष बृद्धिका संघले मेचीकाली यात्रा गर्ने भएको छ । साधारण सभा लगत्तै अभियानको तयारी गरिने संघले जनाएको छ । त्यसैगरी कल्याणकारी कोष ब्यबस्थापनका लागि बैधानिक र बैज्ञानिक कार्यबिधिको तर्जुमा पनि गरिएको छ । यसैबीच संघको कार्य समितिको हालै बसेको बैठकले संघका सल्लाहकारलाई बैतनिक बनाएको छ । संघमा अहिले प्रेस , कानुनी र आइटी गरी ३ जना सल्लाहकार सदस्य रहेका छन । संघले आफनै वेव साइट पनि निर्माण गरेको छ । छिटटै लञ्च गरिने वेव साइट बिशेष खालको हुने संघले बताएको छ ।