संगीतकर्मी कल्याणकारी कोष बाट नृत्य निर्देशक झालाई १० हजार उपचार सहयोग
संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोष बाट नृत्य निर्देशक कामेस्वर झा लाई उपचारका लागि १० हजार आर्थिक सहयोग गरिएको छ । देब्रे खुटटा नचल्ने समस्याबाट पीडित झा लाई राजधानीमा आयोजीत एक कार्यक्रममा संगीतकार संघ नेपालका सदस्य बसन्त सापकोटाले कोषका तर्फबाट सहयोग रकम हस्तान्तरण गर्नु भएको हो । रकम हस्तान्तरण गर्दै संगीतकार सापकोटाले कोष बलियो बन्दै गएमा थप आर्थिक सहयोग गर्ने तर्फ पहल गरिने बचन झालाई दिनु भएको छ । त्यस अबसरमा सांगीतिक संघ नेपाल , साधना कलाकेन्द्र लगायत अन्य संघ संस्था र ब्यक्ति बाट संकलीत थप १५ हजार रुपैया पनि झा लाई हस्तान्तरण गरिएको सांगीतिक संघका अध्यक्ष मिलन मोक्तानले जानकारी दिनु भयो ।
संगीतकर्मीलाई आपत विपत पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको संगीतकर्मी कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम जारीे छ । संगीतकार संघका प्रेस सल्लाहकार लोकराज अधिकारीका अनुसार कोषमा सहयोग गर्न चाहनेहरुले बिभिन्न स्थानबाट सोधिखोजी गर्दै सहयोग रकमको प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ । नेपाली संगीत क्षेत्रका सबै बिधाका सर्जकहरुलाई आपत बिपत पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको कल्याणकारी कोषमा सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको छ । अहिले सम्म कोष बाट ५ जना सर्जक संगीतकर्मी र एकजना रंग पत्रकार एकजना को औषधी उपचारमा र एकजना सर्जकको निधनमा कोषबाट १ लाख २४ हजार ९सय ७२ रुपैया सहयोग गरिसकिएको छ ।यसैबीच कल्याणकारी कोषमा सहयोग गर्ने दाताहरुलाई संघले बिशेष सम्मान गर्ने भएको छ । संघको साधारण सभाका अबसरमा त्यस्तो सम्मान गरिने कल्याणकारी कोषका संयोजक शुनिल मास्केले जानकारी दिनु भएको छ । संघको साधारणसभा जेठ १६ गते हुदैछ । हरेक महिनाको १ गते कोषको बिवरण सार्बजनिक गर्ने गरिएको छ । चैतमहिना सम्मको बिवरण अनुसार कोषमा ६ लाख ३२ हजार १६५ रुपैयाँ ३७ पैसा जम्मा जम्मा भएको संघका अध्यक्ष लक्ष्मण शेषले जानकारी दिनु भएको छ ।