सुमन र सन्तोषको साथी सार्वजनिक

पत्रकार सुमन पण्डितको एकल रचना एवं संगीतकार सन्तोष श्रेष्ठको एकल संगीतमा तयार भएको गीतिसंग्रह ‘साथी’ आज राजधानीमा सार्वजनिक गरिएको छ । गीतकार श्रीपुरुष ढकालको प्रमुख आतिथ्यता एवं गीतकार संघ नेपालका अध्यक्ष चुडामणी देवकोटा, गायिका एवं नेत्री कोमल वली, ललितकला प्राज्ञ प्रतिष्ठानका प्राज्ञ ज्योतिप्रकाश विश्वकर्मा एवं संगीत कला पत्रकार संघकी उपाध्यक्ष विनिता मरहठ्ठाको विशेष आतिथ्यतामा गीतिसंग्रह ‘साथी’ सार्वजनिक भएको हो । unnamed (1)
म्यूजिक खबर डटकमको आयोजनामा भएको उक्त कार्यक्रमलाई पत्रकार एवं गीतकार शान्तिप्रियले संचालन गर्दै गीतकार पण्डितसँगको सहकार्यको बारेमा प्रष्ट पारेका थिए । त्यस्तै संगीतकार सन्तोष श्रेष्ठले आफ्नो डेढ दशक लामो सांगीतिक यात्रामा गीतकार पण्डितसँग भएको सहकार्यका बारेमा बताएका थिए ।
संगीत कला पत्रकार संघकी उपाध्यक्ष विनिता मरहठ्ठाले गीतकार सुमन पण्डितको बारेमा बोल्दै नजिकबाट संगत गर्ने मौका मिलेको बताइन् । उनले पत्रकारको परिचयमा आफूले चिनेको व्यक्तिलाई गीतकारको परिचयमा देख्न पाएकोमा खुशी व्यक्त गरेकी थिइन् भने संगीतकार सन्तोष श्रेष्ठको सांगीतिक उचाइको बारेमा चर्चा गरेकी थिइन् । त्यसैगरी प्राज्ञ ज्योतिप्रकाश विश्वकर्माले शब्दकार, पत्रकार र मिलनसार व्यक्तिको रुपमा पाएको बताएका थिए भने गायिका कोमल वलीले संगीत क्षेत्रमा म्यूजिक खबर डटकम, सबिता पोखरेल र सुमनको योगदान रहेको बताउँदै सरकारले राम्रो काम गर्नेले हेर्न नसकेको हुँदा त्यो ठाउँमा आफू पुगेको दिन सहयोग गर्ने बताइन् । unnamed (2)
त्यसैगरी गीतकार संघका अध्यक्ष चुडामणि देवकोटाले गीतकार सुमन र संगीतकार सन्तोषको सांगीतिक क्षेत्रमा रहेको योगदानको चर्चा गर्दै साथी एल्बमले सफलता पाउने विश्वास व्यक्त गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि श्रीपुरुष ढकालले गीतसंगीतको वर्तमान अवस्था औंल्याउँदै गीत राम्रो लेख्न सके आफैं चर्चाको शिखरमा पुग्ने बताएका थिए । त्यस्तै गीतकार सुमन पण्डितले गीत सिर्जना र एल्बमको सुरुवातदेखिको अवस्था औंल्याउँदै अरुले दिएको धोकाबाट एल्बम सिर्जना हुन पुगेको बताएका थिए ।
साथी एल्बममा ६ वटा गीत समावेश गरिएको छ । नेपाल भएर नै, नजलाइदेउ मुटु, तिमीले सधैं पीडा दियौ, भन्दै होलान् जस्ता गीत समावेश रहेका छन् । जसमा युवराज चौलागार्इं, प्रमोद खरेल, काव्य आचार्य, दुर्गा खरेल, शिशिर योगी र कन्हैया सिंहको स्वर रहेको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907