संगीतकर्मी कल्याणकारी कोषमा संगीतकार प्रेम आचार्यको ८ हजार सहयोग

संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा इलाम ९ घर भै हाल मलेशियामा रहेका संगीतकार प्रेमराज आचार्यले ८ हजार सहयोग गर्नु भएको छ । आचार्यले पुण्य कार्यमा जोडिन पाएको भन्दै खुसी ब्यक्त गर्नु भएको छ । 17796500_742345109259390_6909099329361405524_n
आचार्यको संगीतमा केहि गीत सार्बजनिक भैसकेका छन । केहि आउने तयारीमा छन । आचार्यले पठाएको रकम राजधानीमा आयोजीत एक कार्यक्रममा संगीतकार संघका प्रेस सल्लाहकार लोकराज अधिकारीले संघका अध्यक्ष लक्ष्मण शेषलाई हस्तान्तरण गर्नु भएको हो । प्रेस सल्लाहकार अधिकारीका अनुसार संगीतकर्मीलाई आपत विपत पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम जारीे छ । 17884411_10212925290237020_2188071676925234770_n (2)कोषमा सहयोग गर्न चाहनेहरुले बिभिन्न स्थानबाट सोधिखोजी गर्दै सहयोग रकमको प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ । कल्याणकारी कोषको हरेक महिनाको एक गते सबै बिवरण सार्बजनिक हुने गरेको छ । फागुन महिना सम्मको चौथो विवरण अनुसार कोषमा ५ लाख २२ हजार ३५६ रुपैया जम्मा भएको छ । सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको संगीतकार संघ नेपालका अध्यक्ष शेषले जानकारी दिनु भएको छ । अहिले सम्म ३ जना सर्जक एकजना रंग पत्रकारको औषधी उपचारमा र एकजना सर्जकको निधनमा कोषबाट ८९ हजार ९सय ६७ रुपैया सहयोग गरिसकिएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907