संगीतकर्मी कल्याणकारी कोषमा रिता क्षेत्रीको २० हजार तुल्सीराम थापाको ११ हजार सहयोग
संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा काठमाण्डौ नारायणथान घर भै हाल इजरायलमा रहनु भएकी रिता क्षेत्रीले २० हजार सहयोग गर्नु भएको छ । नमस्ते नेपाल हातेमालो सामाजीक संस्थाकि आजिवन सदस्य समाजसेवी क्षेत्रीले पुण्य कार्यमा जोडिन पाएको भन्दै खुसी ब्यक्त गर्नु भएको छ । उक्त रकम राजधानीमा आयोजीत एक कार्यक्रममा संगीतकार संघका प्रेस सल्लाहकार लोकराज अधिकारीले कल्याणकारी कोषका संयोजक संगीतकार शुनिल मास्केलाई हस्तान्तरण गर्नु भएको हो । यसैगरी कोषमा संगीतकार तथा समाजसेवी तुल्सीराम थापाले ११ हजार सहयोग गर्नु भएको छ । थापाले रकम हस्तान्तरण गर्दै अरुलाई पनि सक्दो सहयोग गरि यो पवित्र अभियानमा जोडिन आग्रह गर्नु भएको छ । संगीतकार संघका प्रेस सल्लाहकार अधिकारीका अनुसार संगीतकर्मीलाई आपत विपत पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम जारीे छ । कोषमा सहयोग गर्न चाहनेहरुले बिभिन्न स्थानबाट सोधिखोजी गर्दै सहयोग रकमको प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ । कल्याणकारी कोषको हरेक महिनाको एक गते सबै बिवरण सार्बजनिक हुने गरेको छ । फागुन महिना सम्मको चौथो विवरण अनुसार कोषमा ५ लाख २२ हजार ३५६ रुपैया जम्मा भएको छ । सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेषले जानकारी दिनु भएको छ । अहिले सम्म ३ जना सर्जक एकजना रंग पत्रकारको औषधी उपचारमा र एकजना सर्जकको निधनमा कोषबाट ८९ हजार ९सय ६७ रुपैया सहयोग गरिसकिएको छ ।