संगीतकर्मी कल्याणकारी कोषमा समाजसेवी एबं ब्यबसायी सन्तोष जिएम ले १० हजार भारु सहयोग गर्ने
संगीतकर्मी कल्याणकारी कोषमा समाजसेवी एबं ब्यबसायी सन्तोष जिएम ले १० हजार भारु (नेपाली १६ हजार रुपैया) सहयोग गर्ने घोषणा गर्नु भएको छ ।
दाङ्ग घर भै हाल भारतको गुरुग्राममा रेष्टुरेन्ट ब्यबसाय गर्दै आउनु भएका सन्तोषले संगीतकर्मी कल्याणकारी कोष बृद्धिका लागि आफनो तर्फबाट उक्त सहयोग रकम केहि दिनमै नेपाल पठाइदिने बताउनु भएको छ ।
नेपालीहरुले सञ्चालन गरेको द चाइनिज किचन नामक रेष्टुरेन्टका सञ्चालक समेत रहनु भएका सन्तोष समाजसेवि पनि हुनुहुन्छ । कामको शिलशिलामा र औषधी उपचारका लागि भारत पुगेका नेपालीहरुलाई बिभिन्न खाले सहयोग गर्दै आउनु भएको छ । उहाँले संगीतकर्मी कल्याणकारी कोषमा सहयोग गर्न पाएको मा खुसी ब्यक्त गर्नु भएको छ । साथै कल्याणकारी कोष बृद्धिका लागि भारतमा नेपाली समुदाय माझ एक सांगीतिक कार्यक्रमका लागि सहकर्मी हरुसंग सल्लाह गरी ब्यबस्थापन तर्फ पहल गर्ने पनि बचन दिनु भएको छ । उहाँले अरुलाई पनि सक्दो सहयोग गरि यो पवित्र अभियानमा जोडिन आग्रह गर्नु भएको छ ।
संगीतकार संघका प्रेस सल्लाहकार लोकराज अधिकारीका अनुसार संगीतकर्मीलाई मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम जारीे छ । सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको अध्यक्ष लक्ष्मण शेषले जानकारी दिनु भएको छ । प्रसिद्ध गायक तथा संगीतकार मधुबाबु थापाको निधनका बेला श्रद्धाञ्जली कार्यक्रम, एम्बुलेन्स खर्च र बिद्युतिय शबदाह गृहको खर्च २२ हजार ५ सय कोषबाट ब्यहोरिएको थियो । त्यसैगरी क्यान्सर पीडित संगीतकार निरज कुमारलाई २० हजार , प्रसिद्ध लोकगायक तथा अभिनेताको बुद्धिकृष्ण लामिछानेलाई उपचारका लागि नगद १५ हजार १ सय ११ र एक बर्षको औषधी खर्च झण्डै १ लाख २० हजार सहयोग जुटाउने प्रतिबद्धता ब्यक्त गरेको छ । त्यसैगरी मिर्गौला पीडित संगीत व्यवसायी शिव पौडेललाई दश हजार एक रुपैयाँ सहयोग हस्तान्तरण भैसकेको छ ।