संगीतकर्मी कल्याणकारी कोषमा गायीका तथा समाजसेवी सन्ध्या अधिकारीले १५ हजार सहयोग गर्ने
संगीतकर्मी कल्याणकारी कोषमा गायीका तथा समाजसेवी सन्ध्या अधिकारीले १५ हजार सहयोग गर्ने घोषणा गर्नु भएको छ । सहयोग रकम आउदो सोमबार एक बिशेष कार्यक्रममा हस्तान्तरण गरिने गायक तथा संगीतकार नरहरी प्रेमीले जानकारी दिनु भएको छ । उक्त दिन पर्यटन बोर्डमा श्रुति संगीत बिद्यालयको आयोजनामा म्यूजिक फर टुरीजम नाराका साथ श्रुति संगीत सन्ध्या कार्यक्रम हुदैछ । कार्यक्रममा कुन्ती मोक्तान, जुना प्रसाई, कुलेन्द्र बिक , राजु परियार लगायतले आफनो प्रस्तुति दिनु हुनेछ । गायीका तथा समाजसेवी सन्ध्या अधिकारीले श्रुति संगीत बिद्यालयमा संगीतको प्रशिक्षण लिइरहनु भएको छ । गायीका अधिकारीले संगीतकर्मी कल्याणकारी कोषमा सहयोग गर्न पाएको मा खुसी ब्यक्त गर्नु भएको छ । उहाँले अरुलाई पनि सक्दो सहयोग गरि यो पवित्र अभियानमा जोडिन आग्रह गर्नु भएको छ ।
संगीतकार संघका प्रेस सल्लाहकार लोकराज अधिकारीका अनुसार संगीतकर्मीलाई मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम जारीे छ । सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको अध्यक्ष लक्ष्मण शेषले जानकारी दिनु भएको छ । प्रसिद्ध गायक तथा संगीतकार मधुबाबु थापाको निधनका बेला श्रद्धाञ्जली कार्यक्रम, एम्बुलेन्स खर्च र बिद्युतिय शबदाह गृहको खर्च २२ हजार ५ सय कोषबाट ब्यहोरिएको थियो । त्यसैगरी क्यान्सर पीडित संगीतकार निरज कुमारलाई २० हजार , प्रसिद्ध लोकगायक तथा अभिनेताको बुद्धिकृष्ण लामिछानेलाई उपचारका लागि नगद १५ हजार १ सय ११ र एक बर्षको औषधी खर्च झण्डै १ लाख २० हजार सहयोग जुटाउने प्रतिबद्धता ब्यक्त गरेको छ । त्यसैगरी मिर्गौला पीडित संगीत व्यवसायी शिव पौडेललाई दश हजार एक रुपैयाँ सहयोग हस्तान्तरण भैसकेको छ ।