स्वास्थ्यमन्त्री गगन कुमार थापा द्धारा संगीतकर्मीहरूको स्वास्थ्य उपचारमा राज्यले सहयोग गर्ने बचन

स्वास्थ्यमन्त्री गगन कुमार थापाले संगीतकर्मी कल्याणकारी कोषलाई सहयोग पुग्ने गरी संगीतकर्मीहरूको स्वास्थ्य उपचारमा राज्यले सहयोग गर्ने बचन दिनु भएको छ ।
संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेष संगीत रोयल्टी संकलन समाज नेपालका अध्यक्ष सुरेश अधिकारी सहितका संगीतकर्मीहरु संग स्वास्थ्य मन्त्रालयमा भएको भेटमा मन्त्री थापाले संगीतकार संघ नेपालले तयार पारेको प्रस्तावलाई प्रकृयामा लैजान तोक आदेश दिनु पनि भएको छ । 16708464_10212373099952608_4791814092547967755_nमन्त्री थापाका प्रमुख सल्लाहकारलाई प्रताप पौडेलले संगीतकर्मीहरुको प्रस्तावलाई छिटटै अगाडी बढाउन आफूले पनि पहल गर्ने बताउनु भएको छ । मन्त्री थापाले यस अघि संगीत कला पत्रकार संघका उपाध्यक्ष एबं गीतकार लोकराज अधिकारी र संगीतकार सन्तोष श्रेष्ठ सहितको संगीतकर्मीहरुको संयुक्त टोलीसँग भएको भेटमा कलाकारहरूको उपचारमा राज्य सहयोग गर्न तयार रहेको  र यसका लागि बिस्तृत प्रस्ताव लिएर आउन आग्रह गर्न गर्नु भएको थियो । 16640879_10212373099272591_168792604674648987_nस्वास्थ्य मन्त्री थापा संगको छलफल अन्यन्त सकारात्मक रहेको भेटमा सहभागी संगीतकार संघ नेपालका महासचिव महेश खडकाले बताउनु भएको मन्त्री थपाका प्रेस संयोजक जिवन भण्डारीले जानकारी दिनु भएको छ  । मन्त्री संगको छलफलमा गीतकार संघका उपाध्यक्ष भरत बम्जन , संगीतकार संघका उपाध्यक्ष आलोक श्री, संगीतकार श्रीकृष्ण बम मल्ल, गीतकार राम भटटराई,गीतकार कृष्ण केसी लगायतका स्रष्टा सहभागी हुनुहुन्थ्यो । 16712025_10212373099712602_4615356892706602466_n
संगीतकर्मी हरुलाई मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले संगीतकार संघले संगीतकर्मी कल्याणकारी कोष स्थापना गरेको छ । कोषमा देश बिदेश बाट सहयोग गर्नेक्रम जारी रहेको छ । संगीतकर्मी कल्याणकारी कोषको माघ महिना सम्मकोे विवरण सार्बजनिक भएको छ । हरेक महिनाको १ गते कोषको बिवरण सार्बजनिक गर्ने गरिएको छ । संघका प्रेस सल्लाहकार लोकराज अधिकारीका अनुसार कोषमा अहिले सम्म ५ लाख १७ हजार ५०६ रुपैया जम्मा भएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907