कल्याणकारी कोषको माघ महिना सम्मको विवरण सार्बजनिक ५ लाख १७ हजार ५०६ रुपैया जम्मा : सहयोग आउने क्रम जारी
संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषको माघ महिना सम्मकोे विवरण सार्बजनिक भएको छ । हरेक महिनाको १ गते कोषको बिवरण सार्बजनिक गर्ने निर्णय अनुसार आज तेश्रो विवरण सार्बजनिक गरिएको संघका अध्यक्ष लक्ष्मण शेषले जानकारी दिनु भएको छ । बिवरण अनुसार ५ लाख १७ हजार ५०६ रुपैया जम्मा भएको छ ।
संगीतकर्मी हरुका लागि मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएकोे कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम जारी रहेको संघका प्रेस सल्लाहकार लोकराज अधिकारीले जानकारी दिनु भएको छ । विवरण सार्बजनिक गर्नेे दिन भैरहवा निवासी गायक मोहम्मद वारीस खानले १० हजार १ सहयोग गर्नु भएको छ । एक कार्यक्रमका बीच संगीतकार संघ नेपाललाई रकम हस्तान्तरण गर्नु भएको हो । गायक खानले यस प्रकारको स्रष्टाको हित हुने अभियानमा आफनो सधै साथ र समर्थन हुने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।
। कल्याणकारी कोषमा सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेकोे छ । प्रसिद्ध गायक तथा संगीतकार मधुबाबु थापाको निधनका बेला श्रद्धाञ्जली कार्यक्रम, एम्बुलेन्स खर्च र बिद्युतिय शबदाह गृहको खर्च २२ हजार ५ सय कोषबाट ब्यहोरिएको थियो । त्यसैगरी क्यान्सर पीडित संगीतकार निरज कुमारलाई २० हजार , प्रसिद्ध लोकगायक तथा अभिनेताको बुद्धिकृष्ण लामिछानेलाई उपचारका लागि नगद १५ हजार १ सय ११ र एक बर्षको औषधी खर्च झण्डै १ लाख २० हजार सहयोग जुटाउने प्रतिबद्धता ब्यक्त गरेको छ । त्यसैगरी मिर्गौला पीडित संगीत व्यवसायी शिव पौडेललाई दश हजार एक रुपैयाँ सहयोग हस्तान्तरण भैसकेको छ ।