अकोरवका बरिष्ठ उपाध्यक्ष अर्जुन गिरीद्धारा रेडियो तुल्सीपुरका तर्फबाटसंगीतकर्मी कल्याणकारी कोषमा १५ हजार ६ सय सहयोग : दिपशिखा फाउण्डेशनका तर्फबाट १० हजार हस्तान्तरण

सामुदायीक रेडियो प्रसारक संघ अकोरवका नव निर्वाचित बरिष्ठ उपाध्यक्ष अर्जुन गिरीले संगीतकर्मी कल्याणकारी कोषमा १५ हजार ६ सय सहयोग गर्नु भएको छ । दाङ जिल्ला निवासी गिरी झण्डै २ दशक देखी पत्रकारीतामा सकृय हुनुहुन्छ । रेडियो तुल्सीपुरका स्टेशन म्यानेजर समेत रहेका गिरीले राजधानीमा आयोजीत एक कार्यक्रममा सहयोग रकम हस्तान्तरण गर्नु भएको हो ।16730019_10212337029090859_2126990008_n रकम हस्तान्तरण समारोहमा बोल्दै गिरीले संगीतकर्मीहरुको उत्तरार्धको अबस्था आफूले अत्यन्त कष्टकर देखिरहेको बताउदै यो कोषले त्यो अबस्थाको अन्त्य गर्ने बिश्वास ब्यक्त गर्नुभयो । गिरीले आफू सम्बद्ध संस्थामा रोयल्टीको बिषयलाई प्राथमिकता दिने प्रतिबद्धता ब्यक्त गर्नु भयो । यसका लागि सामुदायीक रेडियोको अबस्थालाई बलियो बनाउन केहि नीतिगत समस्या रहेकोले त्यो समस्या समाधानमा संगीतकर्मीको साथ सहयोग र सहकार्यको पनि अपेक्षा गर्नु भयो । उहाँले आफू सम्बद्ध रेडियोले बार्षिक उत्सवका अबसरपारी रोयल्टी बितरणको सुरुवात गर्ने पनि बताउनु भयो । 16652426_1106858536106960_1038064708_nकार्यक्रम संगीत रोयल्टी संकलन समाज नेपालका अध्यक्ष एवम् संगीतकार सुरेश अधिकारीले गिरीलाई बधाई तथा शुभकमना दिदै गीतसंगीतमा केहि गर्छु भनेर अगाडी बढदा तत्कालका लागि अलोकप्रीय बने पनि स्रष्टा अधिकारका लागि पुराएको योगदानको कदर हुने बताउनु भयो। 16651328_1106858432773637_1706269920_oउहाँले केही व्यक्तिले दादागिरी देखाउन खोजे पनि अन्ततः दायरामा आउनै पर्ने बताउनु भयो । संगीतकार संघ नेपालका अध्यक्ष एवम् संगीतकार लक्ष्मण शेषले ‘राज्यले कला र संस्कृतिको संरक्षणका लागि काम गरेपनि कार्यान्वयनका बिषयमा असहयोग देखिएको बताउनु भयो । शेषले संगीतकार संघ नेपालले आफ्नै बलबुतामा संगीतकर्मी कल्याणकारी कोष स्थापना गरेको बताउदै कोषको पुर्ण सदुपयोग र पारदर्शीताको ग्यारेन्टी गर्नु भयो । संगीतकार संघ नेपालका महासचिव महेश खड्काले कलाकारको मृत्यु हुँदा पनि उसलाई घाटसम्म लैजान पनि समस्या पर्ने गरेको तितो स्मरण सुनाउँदै अब त्यस्ता दिन आउन नदिने बताउनु भयो । कार्यक्रममा नायीका तथा समाजसेवी दीपशीखा खड्काले संगीतकर्मी कल्याणकारी कोषमा १० हजार हस्तान्तरण गर्नु भएको थियो । खड्काले पुर्ब प्रतिबद्धाता अनुसार दिपशिखा फाउन्डेशन मार्फत कोषलाई रकम हस्तान्तरण गर्नु भएको हो । 16652725_1106858436106970_175382082_nसंगीतकार संघका प्रेस सल्लाहकार लोकराज अधिकारीका अनुसार संगीतकर्मीलाई मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम जारीे छ । पौष सम्मको विबरण अनुसार कल्याणकारी कोषमा ४ लाख १६ हजार ७५५ जम्मा भएको छ । सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको अधिकारीले जानकारी दिनु भएको छ । प्रसिद्ध गायक तथा संगीतकार मधुबाबु थापाको निधनका बेला श्रद्धाञ्जली कार्यक्रम, एम्बुलेन्स खर्च र बिद्युतिय शबदाह गृहको खर्च २२ हजार ५ सय कोषबाट ब्यहोरिएको थियो । त्यसैगरी क्यान्सर पीडित संगीतकार निरज कुमारलाई २० हजार , प्रसिद्ध लोकगायक तथा अभिनेताको बुद्धिकृष्ण लामिछानेलाई उपचारका लागि नगद १५ हजार १ सय ११ र एक बर्षको औषधी खर्च झण्डै १ लाख २० हजार सहयोग जुटाउने प्रतिबद्धता ब्यक्त गरेको छ । त्यसैगरी मिर्गौला पीडित संगीत व्यवसायी शिव पौडेललाई दश हजार एक रुपैयाँ सहयोग हस्तान्तरण भैसकेको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907