संगीतकर्मी कल्याणकारी कोषमा अकोरवका बरिष्ठ उपाध्यक्ष अर्जुन गिरीद्धारा १५ हजार ५ सय १५ सहयोग गर्ने घोषणा

सामुदायीक रेडियो प्रसारक संघ अकोरवका नव निर्वाचित बरिष्ठ उपाध्यक्ष अर्जुन गिरीले संगीतकर्मी कल्याणकारी कोषमा १५ हजार ५ सय १५ सहयोग गर्ने घोषणा गर्नु भएको छ । दाङ जिल्ला निवासी गिरी झण्डै २ दशक देखी पत्रकारीतामा सकृय हुनुहुन्छ । रेडियो तुल्सीपुरका स्टेशन म्यानेजर समेत रहेका गिरी यस अघिको कार्यकालमा पनि सामुदायीक रेडियो प्रसारक संघ अकोरवको जिम्मेवार पदमा रहेर कार्य सम्पादन गरि सक्नु भएको छ ।14051833_1392471127446951_2131643176947729028_n गिरीले नेपालका सामुदायीक रेडियो र रेडियोकर्मीको क्षमता र दक्षता बिकासका लागि साथै रेडियोहरुको दिगोपनाका लागि अन्तराष्ट्रिय फोरममा आवाज उठाउदै आउनु भएको छ। प्रतिलिपी अधिकार र रोयल्टीका बिषयमा समेत चासो राख्ने गिरीले सामुदायिक रेडियोहरु स्रष्टालाई रोयल्टी दिनु पर्ने पक्षमा रहेको बताउनु भएको छ । उहाँले सामुदायिक रेडियोहरु रोयल्टीको मापदण्डका बारेमा गीत संगीतकर्मी हरुसंग छलफलमा बस्न चाहेको बताउनु भएको छ । आफू गीत संगीतको असल श्रोता भएको बताउने गिरीले संगीतकर्मीलाई मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको कल्याणकारी कोषमा जोडिन पाउदा खुसी लागेको बताउनु भएको छ । बरिष्ठ उपाध्यक्ष गिरीले अर्को साता गीत संगीत संग सम्बन्धित संघ संस्थाका प्रतिनिधीको उपस्थितीमा एक कार्यक्रमका बीच सहयोग रकम हस्तान्तरण गर्ने जानकारी दिनु भएको छ । संघका प्रेस सल्लाहकार लोकराज अधिकारीका अनुसार संगीतकार संघको कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम जारीे छ । पौष सम्मको विबरण अनुसार कल्याणकारी कोषमा ४ लाख १६ हजार ७५५ जम्मा भएको छ । सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको अध्यक्ष लक्ष्मण शेषले जानकारी दिनु भएको छ । प्रसिद्ध गायक तथा संगीतकार मधुबाबु थापाको निधनका बेला श्रद्धाञ्जली कार्यक्रम, एम्बुलेन्स खर्च र बिद्युतिय शबदाह गृहको खर्च २२ हजार ५ सय कोषबाट ब्यहोरिएको थियो । त्यसैगरी क्यान्सर पीडित संगीतकार निरज कुमारलाई २० हजार , प्रसिद्ध लोकगायक तथा अभिनेताको बुद्धिकृष्ण लामिछानेलाई उपचारका लागि नगद १५ हजार १ सय ११ र एक बर्षको औषधी खर्च झण्डै १ लाख २० हजार सहयोग जुटाउने प्रतिबद्धता ब्यक्त गरेको छ । त्यसैगरी मिर्गौला पीडित संगीत व्यवसायी शिव पौडेललाई दश हजार एक रुपैयाँ सहयोग हस्तान्तरण भैसकेको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907