संगीतकर्मी कल्याणकारी कोषमा मोडल अमृत सुवेदी द्धारा १० सहयोग

संगीतकर्मी कल्याणकारी कोषमा मोडल अमृत सुवेदीले १० हजार सहयोग गर्नु भएको छ । दाङ घर भै हाल साइप्रस बस्दै आएका मोडल सुवेदीले पठाएको सहयोग एक कार्यक्रमका बीच संघका प्रेस सल्लाहकार लोकराज अधिकारीले संघका अध्यक्ष लक्ष्मण शेष र महासचिव महेश खडकालाई हस्तान्तरण गर्नु भएको हो ।

15978255_10212027952604140_1680150105_nमोडल सुवेदीले कल्याणकारी कोषमा आफू जोडिन पाएको मा खुसी ब्यक्त गर्नु भएको छ । आधा दर्जन जति गीतमा अभिनय गरेका सुवेदीले प्रमोद खरेलको स्वरमा रहेको गीतको म्युजिक भिडियो केहि समय पहिले सार्बजनिक गरेका थिए । भिडयोमा नायीका गरिमा पन्त र सुवेदीको अभिनय छ । 15801325_344032722646959_162233174_n-630x354
संघका प्रेस सल्लाहकार अधिकारीका अनुसार संगीतकार संघको कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम जारीे छ । हरेक महिनाको १ गते कोषको विवरण सार्बजनिक गर्ने निर्णय अनुसार संघले पौष १ गते पहिलो विवरण सार्बजनिक गरिसकेको छ । पहिलो विबरणमा कोषमा २ लाख ६६ हजार ८०७ रुपैया थपिएको छ । भने यो महिना ५ लाख थपहुन सक्ने अनुमान गरिएको छ । कल्याणकारी कोषमा सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको अध्यक्ष शेषले जानकारी दिनु भएको छ । प्रसिद्ध गायक तथा संगीतकार मधुबाबु थापाको निधनका बेला श्रद्धाञ्जली कार्यक्रम, एम्बुलेन्स खर्च र बिद्युतिय शबदाह गृहको खर्च कोषबाट ब्यहोरिएको थियो । त्यसैगरी क्यान्सर पीडित संगीतकार निरज कुमारलाई २० हजार , प्रसिद्ध लोकगायक तथा अभिनेताको बुद्धिकृष्ण लामिछानेलाई उपचारका लागि नगद १५ हजार १ सय ११ र एक बर्षको औषधी खर्च झण्डै १ लाख २० हजार सहयोग जुटाउने प्रतिबद्धता ब्यक्त गरेको छ । त्यसैगरी क्यान्सर पीडित संगीतकार निरज कुमारलाई औाषधि बापतको २० हजार मिर्गौला पीडित संगीत व्यवसायी शिव पौडेललाई दश हजार एक रुपैयाँ सहयोग हस्तान्तरण भैसकेको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907