संगीतकर्मी कल्याणकारी कोषमा एकै दिन ५५ हजार सहयोग
संगीतकर्मी कल्याणकारी कोषमा बुधबार एकै दिनमा ५५हजार सहयोग जम्मा भएको छ ।गुञ्जन इन्टरटेनमेन्ट प्रालीका तर्फबाट संगीतकार आलोक श्री ले कोषलाई २५ हजार उपलब्ध गराउनु भएको हो । राजधानीमा आयोजीत संगीतकार श्री को एकल संगीत रहेको एल्बम बाटो बिमोचन समारोहमा उपराष्ट्रपति नन्द बहादुर पुनले गुञ्जन इन्टरटेनमेन्ट प्रालीका तर्फबाट २५ हजारको चेक संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेषलाई हस्तान्तरण गर्नु भएको हो ।
त्यसैगरी हिजो नै इजरायलमा रहनुभएकी संगीत पारखी एबं नमस्ते नेपाल हातेमालो संस्थाकी आजिबन सदस्य इन्दिरा केसीले कोषलाई १० हजार रुपैया उपलब्ध गराउनु भएको छ । केसीले संघका प्रेस सल्लाहकार लोकराज अधिकारी मार्फत रकम कोषमा जम्मा गर्नु भएको हो । त्यसैगरी चन्दा गौतमले पनि हिजो नै कोषमा १९ हजार ९ सय रुपैया हस्तान्तरण गर्नु भएको छ । गौतमले संघको सिटिजन्स बैकमा रहेको खातामा रकम जम्मा गर्दिनु भएको हो । केसी र गौतमले संगीतकर्मी हरुका लागि मर्दा पर्दा सहयोग गर्ने महान उद्धेश्यले स्थापना गरिएको कोषमा आफनो तर्फबाट सहयोग गर्न पाएकोमा खुसी ब्यक्त गर्नु भएको छ ।
संघका प्रेस सल्लाहकार अधिकारीका अनुसार संगीतकार संघको कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम जारीे छ । हरेक महिनाको १ गते कोषको विवरण सार्बजनिक गर्ने निर्णय अनुसार संघले पौष १ गते पहिलो विवरण सार्बजनिक गरिसकेको छ । विवरण पहिलो विबरणमा कोषमा २ लाख ६६ हजार ८०७ रुपैया थपिएको छ । कोषमा ,अमेरिकामा बस्दै आएका गायक तथा संगीतकार किशोर शिवाकोटीले ५० हजार, मकाउ बस्दै आउनु भएका गायक तथा संगीतकार तुला पर्वतले ५० हजार ,गायक तथा समाजसेबी गम्बु शेर्पाले २१ हजार , जर्मनीमा रहेका गीतकार लब थापाले २२ हजार २ सय २२, समाजसेवी प्रीति नेपालले १५ हजार चर्चित गायक रामजी खाँणले १५ हजार, इजरायल बस्ने अनिता योञ्जनले १० हजार गीतकार तथा रोयल्टी संकलन समाजका उपाध्यक्ष रमेश बिजीले १० हजार , गायक तथा संगीतकार रमेश राज भटटराईले ५ हजार दिने घोषणा गर्नु भएको छ । कल्याणकारी कोषमा सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको अध्यक्ष शेषले जानकारी दिनु भएको छ । प्रसिद्ध गायक तथा संगीतकार मधुबाबु थापाको निधनका बेला श्रद्धाञ्जली कार्यक्रम, एम्बुलेन्स खर्च र बिद्युतिय शबदाह गृहको खर्च कोषबाट ब्यहोरिएको थियो । त्यसैगरी क्यान्सर पीडित संगीतकार निरज कुमारलाई २० हजार , प्रसिद्ध लोकगायक तथा अभिनेताको बुद्धिकृष्ण लामिछानेलाई उपचारका लागि नगद १५ हजार १ सय ११ र एक बर्षको औषधी खर्च झण्डै १ लाख २० हजार सहयोग जुटाउने प्रतिबद्धता ब्यक्त गरेको छ । त्यसैगरी क्यान्सर पीडित संगीतकार निरज कुमारलाई औाषधि बापतको २० हजार मिर्गौला पीडित संगीत व्यवसायी शिव पौडेललाई दश हजार एक रुपैयाँ सहयोग हस्तान्तरण भैसकेको छ ।