संगीतकर्मी कल्याणकारी कोषमा गायक तथा गीतकार राजु शाहिद्धारा १० हजार हस्तान्तरण
संगीतकर्मी कल्याणकारी कोषमा गायक तथा गीतकार राजु शाहिले १० हजार सहयोग गर्नु भएको छ । दाङमा रहेर गीत संगीतको क्षेत्रमा निरन्तर क्रियाशिल शाहिले संगीतकर्मी कल्याणकारी कोषमामा आफू पनि सामेल हुन पाएकोमा गर्ब लागेको बतउनु भएको छ । कामको शिलशिलामा रोल्पा पुग्नु भएका शाहिले रोल्पा बाटै सहयोग रकम काठमाण्डौ पठाउनु भएको हो । शाहिले कोषमा सक्दो रकम थप्दै जाने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ । लमहि निवासी शाहि युवा समाजसेविका रुपमा समेत परिचित हुनुुहुन्छ ।
संघका प्रेस सल्लाहकार लोकराज अधिकारीका अनुसार संगीतकार संघको कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम जारीे छ । हरेक महिनाको १ गते कोषको विवरण सार्बजनिक गर्ने निर्णय अनुसार संघले पौष १ गते पहिलो विवरण सार्बजनिक गरिसकेको छ । विवरण पहिलो विबरणमा कोषमा २ लाख ६६ हजार ८०७ रुपैया थपिएको छ । नेपाली संगीतकर्मी हरुका लागि मर्दा पर्दा सहयोग गर्ने महान उद्धेश्यले स्थापना गरिएको कोषमा ,अमेरिकामा बस्दै आएका गायक तथा संगीतकार किशोर शिवाकोटीले ५० हजार, मकाउ बस्दै आउनु भएका गायक तथा संगीतकार तुला पर्वतले ५० हजार ,गायक तथा समाजसेबी गम्बु शेर्पाले २१ हजार , जर्मनीमा रहेका गीतकार लब थापाले २२ हजार २ सय २२, समाजसेवी प्रीति नेपालले १५ हजार चर्चित गायक रामजी खाँणले १५ हजार, इजरायल बस्ने इन्दिरा केसीले १० हजार इजरायलमै बस्ने अनिता योञ्जनले १० हजार गीतकार तथा रोयल्टी संकलन समाजका उपाध्यक्ष रमेश बिजीले १० हजार , गायक तथा संगीतकार रमेश राज भटटराईले ५ हजार दिने घोषणा गर्नु भएको छ । कल्याणकारी कोषमा सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको अध्यक्ष लक्ष्मण शेषले जानकारी दिनु भएको छ । प्रसिद्ध गायक तथा संगीतकार मधुबाबु थापाको निधनका बेला श्रद्धाञ्जली कार्यक्रम, एम्बुलेन्स खर्च र बिद्युतिय शबदाह गृहको खर्च कोषबाट ब्यहोरिएको थियो । त्यसैगरी क्यान्सर पीडित संगीतकार निरज कुमारलाई २० हजार , प्रसिद्ध लोकगायक तथा अभिनेताको बुद्धिकृष्ण लामिछानेलाई उपचारका लागि नगद १५ हजार १ सय ११ र एक बर्षको औषधी खर्च झण्डै १ लाख २० हजार सहयोग जुटाउने प्रतिबद्धता ब्यक्त गरेको छ । त्यसैगरी क्यान्सर पीडित संगीतकार निरज कुमारलाई औाषधि बापतको २० हजार मिर्गौला पीडित संगीत व्यवसायी शिव पौडेललाई दश हजार एक रुपैयाँ सहयोग हस्तान्तरण भैसकेको छ ।