संगीतकर्मी कल्याणकारी कोषमा गीतकार संगीता बायुङ्ग राई द्धारा ११ हजार हस्तान्तरण :संगीतकर्मी तुला पर्वतले ५० हजार दिने
संघका प्रेस सल्लाहकार लोकराज अधिकारीका अनुसार संगीतकार संघको कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम जारीे छ । चितवनको पटिहानीमा जन्मिएका संगीतकर्मी तुला पर्वतले ५० हजार दिने घोषणा गर्नु भएको छ । सोमबार एक कार्यक्रमका बीच सो रकम हस्तान्तरण गरिने छ । तुला पर्वत २०५२ सालदेखी संगीतक्षेत्रमा क्रियासील हुनुहुन्छ । हाल मकाउ रहनु भएका पर्वतले यो महाअभियानमा सहभागी हुन पाउदा आफूले पेट काटेर गरेको यो सहयोगले आनन्द दिएको बताउनु भएको छ ।
नेपाली संगीतकर्मी हरुका लागि मर्दा पर्दा सहयोग गर्ने महान उद्धेश्यले कोषको स्थापना गरिएको हो । कल्याणकारी कोषमा सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको अध्यक्ष लक्ष्मण शेषले जानकारी दिनु भएको छ । क्यान्सर पीडित संगीतकार निरज कुमारलाई २० हजार , प्रसिद्ध लोकगायक तथा अभिनेताको बुद्धिकृष्ण लामिछानेलाई उपचारका लागि नगद १५ हजार १ सय ११ र एक बर्षको औषधी खर्च झण्डै १ लाख २० हजार सहयोग जुटाउने प्रतिबद्धता ब्यक्त गरेको छ । त्यसैगरी क्यान्सर पीडित संगीतकार निरज कुमारलाई औाषधि बापतको २० हजार मिर्गौला पीडित संगीत व्यवसायी शिव पौडेललाई दश हजार एक रुपैयाँ सहयोग हस्तान्तरण भैसकेको छ ।