सीमांकन बिनाको बिधेयकपनि फेल गराइदिन्छौः एमाले सचिव ज्ञवाली

काठमाडौ
नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले प्रदेश परिवर्तन गर्ने प्रस्ताव झिकेर संसदमा संबिधान संसाधेन बिधेयक पेश गर्न चुनौती दिदै त्यस्तो अवस्थामा समेत बिधेयक असफल बनाइदिने बताएका छन् ।
एमाले सहितका विपक्षी नौ दलले पुस २२ मा गर्ने बृहद् प्रदर्शनको तयारीका क्रममा प्रेस चौतारी नेपाल ललितपुरले आयोजना गरेको अन्तरक्रियामा ज्ञवालीले प्रदेश विभाजन गर्ने गर िआएको प्रस्ताव कुनैपनि हालतमा छलफल गर्न नदिने भन्दै यो प्रस्ताव झिकेपनि सरकारले ल्याएको प्रस्ताव असफल बनाइदिने बताएका हुन ।
प्रदेश विभाजनको अधिकार केन्द्र संसदलाइ मात्र नरहेको भन्दै उनले सकारले संबिधानमा व्यवस्था नै नभएको बिषयमा संसाधेन दर्ता गरेकाले असंवैधानिक प्रस्तावमा छलफल गर्न नदिने बताएका हुन ।
‘सीमांकन हेरफेरको कुरा असंवैधानिक छ,’ ज्ञवालीले भने, ‘यस्तो असंवैधानिक प्रक्रियालाई हामी व्यवस्थापिका संसमा छलफल हुन दिदैँनौँ उहाँहरुले त्यो बाहेकको अरु प्रस्ताव जस्ताको तस्तै ल्याउनुभो भने हामी छलफलमा सहभागी हुन्छौँ र संसदबाटै असफल बनाइदिन्छौँ,’ उनले भने ।
उनले सांसदहरुले बोलेका आवाजलाई असंवैधानिक भनेर रेकर्ड नगराउँने सरकारले असंवैधानिक प्रस्ताव ल्याउँदा मान्न कुनै जरुरी नभएको दाबी गरे । ‘हामीले पटक–पटक भन्दै आएका छौँ,’ उनले भने, ‘यो प्रस्ताव अरु कसैको इशारामा ल्याइएको हो । त्यसैले यो राष्ट्रहित विपरीत छ । यस्तो प्रस्तावले दलहरुबीच असमझदारीको दूरीलाई झन् बढाउँछ ।’
उनले सरकारले संशोधन प्रस्ताव फिर्ता लिएर अघि बढे एमाले सहमतिमा आउन तयार रहेको पनि बताए । ‘सरकार निर्वाचनका लागि तयार भयो भने एमाले सहमति गरेर अघि बढ्न तयार छ ।’
संसदमा सरकारको पक्षमा दुई तिहाई नभएको अवस्थामा संशोधन प्रस्ताव मतदानबाट फेल हुने निश्चित रहे पनि सीमांकन फेरबदलको विषय असंवैधानिक भएको उनले बताए । ‘यो विषय अदालतमा छ, अदालतले अवश्य पनि यसलाई संवैधानिक भन्ने छैन,’ उनले भने ।
सचिव ज्ञवालीले मधेसी मोर्चाले संविधान संसोधन प्रस्ताव जस्ताको तस्तै पारित गर्न तयार हुनु भारतीय दूतावासको लन्च बैठकको प्रभाव भएको आरोप समेत लगाए । मोर्चा यो मोडमा पुग्छ भन्ने आफूहरुले पहिले नै सोचेको उनले बताए ।
ज्ञवालीले शुरुमै २ नम्बर प्रदेशमा सहमतिका लागि पहाडका जिल्ला नराख्दा गल्ति भइसकेको भन्दै अब पुनः सहमतिका नाममा ५ नम्बरबाट पहाड अलग गर्ने कुरा दोस्रो किस्तामात्र हुने बताए ।
त्यसपछि क्रमशः एक नम्बर र ७ नम्बरबाट पनि तराईलाई सम्पूर्ण रुपमा अलग गरेर नेपाल दुई राष्ट्रियता भएको राज्य हो भन्ने साबित गर्ने षडयन्त्र अनुरुप सीमांकनको बखेडा झिकिएको ज्ञवालीको दाबी छ ।
उनले आगामी पुस २२ गते एमाले सहितका दलहरुले गर्ने शक्ति प्रदर्शनले संविधान संशोधन प्रस्तावविरुद्ध जनमत संग्रहको झल्को दिने दावीसमेत गरे ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907