संगीतकर्मी कल्याणकारी कोषमा चर्चित लोक गायक रामजी खाँणले १५ हजार सहयोग गर्ने

संगीतकर्मी कल्याणकारी कोषमा चर्चित लोक गायक रामजी खाँणले १५ हजार सहयोग गर्ने घोषणा गर्नु भएको छ । आज बिहान कुरा गर्दै गायक रामजी खाँणले आफनो तर्फबाट कोषमा १५ हजार उपलब्ध गराउने घोषणा गर्नु भएको हो । उहाँले अहिले आफू कार्यक्रमको शिलशिलामा राजधानी बाहिर भएकोले काठमाण्डौ आउनासाथ रकम हस्तान्तरण गरिने बताउनु भएको छ । नेपाली लोक दोहोरीमा फरक फरक शैलीमा मिठा गीत गाउने खाँणले झण्डै ५ हजार गीतमा स्वर दिइसक्नु भएको छ । 15391156_1352082641499583_9046248773465507676_n

संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा आफ्नो तर्फ बाट पनि सहयोग गर्न पाएकोमा आफूलाई गर्ब लागेको उहाँले बताउनु भएको छ ।
संघका प्रेस सल्लाहकार लोकराज अधिकारीका अनुसार संगीतकार संघको कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम जारीे छ । हरेक महिनाको १ गते कोषको विवरण सार्बजनिक गर्ने निर्णय अनुसार संघले पौष १ गते पहिलो विवरण सार्बजनिक गरिसकेको छ । विवरण पहिलो विबरणमा कोषमा २ लाख ६६ हजार ८०७ रुपैया थपिएको छ । नेपाली संगीतकर्मी हरुका लागि मर्दा पर्दा सहयोग गर्ने महान उद्धेश्यले स्थापना गरिएको कोषमा ,अमेरिकामा बस्दै आएका गायक तथा संगीतकार किशोर शिवाकोटीले ५० हजार, गायक तथा समाजसेबी गम्बु शेर्पाले २१ हजार , जर्मनीमा रहेका गीतकार लब थापाले २२ हजार २ सय २२, समाजसेवी प्रीति नेपालले १५ हजार इजरायल बस्ने इन्दिरा केसीले १० हजार इजरायलमै बस्ने अनिता योञ्जनले १० हजार बेलायत बस्ने गीतकार संगीता बायुङ राईले ११ हजार गीतकार तथा रोयल्टी संकलन समाजका उपाध्यक्ष रमेश बिजीले १० हजार , गायक तथा संगीतकार रमेश राज भटटराईले ५ हजार दिने घोषणा गर्नु भएको छ । कल्याणकारी कोषमा सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको अध्यक्ष लक्ष्मण शेषले जानकारी दिनु भएको छ । क्यान्सर पीडित संगीतकार निरज कुमारलाई २० हजार , प्रसिद्ध लोकगायक तथा अभिनेताको बुद्धिकृष्ण लामिछानेलाई उपचारका लागि नगद १५ हजार १ सय ११ र एक बर्षको औषधी खर्च झण्डै १ लाख २० हजार सहयोग जुटाउने प्रतिबद्धता ब्यक्त गरेको छ । त्यसैगरी क्यान्सर पीडित संगीतकार निरज कुमारलाई औाषधि बापतको २० हजार मिर्गौला पीडित संगीत व्यवसायी शिव पौडेललाई दश हजार एक रुपैयाँ सहयोग हस्तान्तरण भैसकेको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907