३८ बर्षमा लागे गायक स्वरुपराज आचार्य : भन्छन -मलाई हरेक जन्मोत्सवले बालक बनाउछ र उर्जा दिन्छ
नेपाली संगीतक्षेत्रका प्रसिद्ध गायक स्वरुपराज आचार्य पुष १२ गते देखी ३८ बर्षमा प्रबेश गर्नु भएको छ । पिता भजन शिरोमणी भक्तराज आचार्य र माता शुशिलाको कान्छा सन्तान स्वरुप २०३५ साल पौष १२ गते जन्मनु भएको हो । जन्मदिन आउदा बुढो भएजस्तो लाग्दैन भन्ने युएस एण्ड नेपालको प्रश्नमा स्वरुपराज भन्नु हुन्छ मलाई हरेक जन्मोत्सवले बालक बनाउछ र उर्जा दिन्छ । भरखर जन्मिए अझै धेरै काम गर्छु भन्ने जोश आउने बताउहुन्छ उहाँ । जन्मदिनका अबसरमा नेपालमा रहदा प्राय घरपरिवारमै जन्मोत्सव मनाउने आचार्य मन्दिर जान छुटाउनु हुन्न । सबै इष्ट देवतालाई सम्झिदै घर नजिकैको पञ्चकुमारीको मन्दिरमा जाने गरेको अचार्यले जानकारी दिनु भएको छ । नेपाली सुगम संगीतमा सयौं गीतमा स्वर भरेका आचार्यले जन्मदिनमा आफ्ना तिम्रो नशालु , मन मोहिनी ,भन तिम्रो मनमा, गुराँस फूल्यो जस्ता फास्ट नम्वरका गीत गाएर बजाएर परिवारसंगै नाच्ने नचाउने गर्नुहुन्छ । श्रीमति मिना बस्नेत र छोरा सरगमराज आचार्यका पिता गायक स्वरुपराज आचार्यलाई जन्मदिनका अबसरमा युएस एण्ड नेपालको तर्फबाट दीर्घ जिवनको कामना ।