अब स्थानीय स्तरमै निःशुल्क मृगौला परिक्षणको व्यवस्था : शुरुवात पत्रकारबाट -१३२ जना पत्रकारको मृगौला परिक्षण :सवैलाइ मृगौला परिक्षण गर्न स्वास्थ्य मन्त्री थापाको आह्वान

स्वास्थ्य मन्त्री गगनकुमार थापाले स्थानीय स्तरमै निःशुल्क मृगौला परिक्षणको व्यवस्था गरिएकाले तत्काल मृगौला परिक्षण गर्न सवैलाई आह्वान गर्नु भएको छ ।
नेपाल प्रेस युनियनले काठमाडौमा आयोजना गरेको पत्रकारहरुको निःशुल्क मृगौला परिक्षण कार्यक्रममा मन्त्री थापाले मृगौला परिक्षणका लागि प्रयोग हुने डिपिस्टीक किट सवै जिल्लामा पठाई सकिएकाले त्यसको उपयोग गर्न सवैलाई आह्वान गर्नुभयो । 15749783_10211883985965064_744668918_n
हरेक ६÷६ महिनामा मृगौला परिक्षण गर्नु पर्ने भएपनि नेपालमा धेरैले परिक्षण नगरेकाले गाँउ गाँउमा परिक्षणको व्यवस्था गरिएको बताउनु भयो ।
स्वास्थ्यमन्त्री थापाले समयमा नै ध्यान नदिँदा क्यान्सर र मिर्गौला सम्बन्धि रोगबाट धेरैले ज्यान गुमाउन पुगेको भन्दै पत्रकारहरुले नै यस्तो कार्यक्रम गर्नाले समाजमा सकारात्मक सन्देश फैलाउने विश्वास व्यक्त गर्नु भयो । अहिले स्वास्थ्य मन्त्रालयमा दैनिकजसो मिर्गौला र क्यान्सर रोगका पीडितहरु सरकारसँग सहयोग माग्न आउने गरेको भन्दै बेलैमा उपचार नगराउँदा कतिपयले त ज्यानै गुमाउनु पर्ने अवस्था समेत रहेको बताउनु भयो । प्रेस युनियनले सधैंभरी कार्यक्षेत्रमा खटिने पत्रकारहरुको स्वास्थ्य परीक्षण आवश्यक रहेको ठहर गर्दै आफ्नो रजत जयन्तिको अवसरमा यस्तो कार्यक्रम गरेको थियो । युनियनले पहिलो पटक मिर्गाैला रोगको मात्रै परीक्षण गरिएको भएपनि आगामी दिनहरुमा यस्तै जोखिमपूर्ण रोगहरुको परीक्षण कार्यक्रम गर्दै जाने प्रंतिबद्धता व्यक्त गरेको प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीले जानकारी दिनु भएको छ । मृगौला परिक्षणका लागि जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौका स्वस्थ्यकर्मीहरु राजकुमार मिश्र, भोलानाथ पौडेल, रुपा बुढाथोकी र सहयोगी जानुका चालिसेले प्राविधिक सहयोग गरेका थिए ।15724038_10211883986925088_587851012_n

स्वास्थ्य मन्त्रालय अन्तर्गतको आपुर्ति व्यवस्थापन महाशाखाले कात्तिकको दोस्रो साता नै देशभरी पहिलो चरणमा २० लाख जनाको मृगौला परिक्षण गर्न पुग्नेगरी किट पठाएको जनाएको छ ।
आवश्यकता अनुसार अरु पनि किट पठाउन सकिने महाशाखाको भनाई छ ।
चार महिना अगाडी नै किट पठाउने भनिएपनि कार्यान्वयन नभईरहेका बेला स्वास्थ्य मन्त्री गगनकुमार थापाको निर्देशनपछि सवै जिल्लामा मृगौला परिक्षण गर्न सकिने व्यवस्था गएिको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालयमा पुगेको किटलाई स्थानीय आवश्यकता अनुसार मातहतका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा पठाउन लगाईएको महाशाखाका निर्देशक भिमसिंह टिंकरीले जानकारी दिनुभयो । काठमाडौं महानगरपालिकासँग समन्वय गरी स्वास्थ्य मन्त्रालयले अहिले राजधानीमा १० ठाउँमा ‘हेल्थ सेन्टर’ खोलेर निशुल्क स्वास्थ्य परीक्षण तथा जनचेतना जगाउने कामगर्न लागिरहेको छ ।

गाँउ गाँउमा निःशुल्क मृगौला परिक्षणको व्यवस्थाका बारेमा धेरैलाई जानकारी नभएकाले प्रचार प्रसार गर्नका लागि आज नेपाल प्रेस युनियनले पत्रकारहरुको निःशुल्क मृगौला परिक्षण कार्यक्रमको आयोजना गरेको जनाएको छ ।
आज १३२ जना पत्रकारको मृगौला परिक्षण गरिएको र सात जनामा सामान्य समस्या देखिएकाले थप उपचारका लागि परामर्श दिईएको स्वास्थ्य मन्त्री थापाका प्रेस संयोजक जीवन भण्डारीको जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907