संगीतकर्मी कल्याणकारी कोषमा गीतकार डि पी परिश्रमीद्धारा ५ हजार सहयोग हस्तान्तरण : गायक तथा गीतकार राजु शाहि द्धारा १० हजार घोषणा

संगीतकर्मी कल्याणकारी कोषमा गीतकार डि पी परिश्रमीले ५ हजार रुपैया हस्तान्तरण गर्नु भएको छ । संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा आफ्नो तर्फ बाट पनि सानो सहयोग गर्न पाएकोमा आफूलाई गर्ब लागेको गीतकार डि पी परिश्रमीले बताउनु भयो ।15731624_10211871623416008_771695947_n
यसैगरी दाङ्ग निबासी गायक तथा गीतकार  राजु शाहि ठकुरीले आफ्नो तर्फबाट १० हजार दिने घोषणा गर्नु भएको छ । गायक तथा गीतकार  राजु शाहि ठकुरीले कोषको सहि सदुपयोग हुनेमा आफू ढुक्क रहेको बताउनु भएको छ । 15202773_583255035200540_2746463999201428741_n
संगीतकार संघको कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम जारी रहेको छ । हरेक महिनाको १ गते कोषको विवरण सार्बजनिक गर्ने निर्णय अनुसार संघले पौष १ गते पहिलो विवरण सार्बजनिक गरिसकेको छ । संघका प्रेस सल्लाहकार लोकराज अधिकारीका अनुसार पहिलो विबरणमा कोषमा २ लाख ६६ हजार ८०७ रुपैया थपिएको छ । नेपाली संगीतकर्र्मी हरुका लागि मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको कोषमा ,अमेरिकामा बस्दै आएका गायक तथा संगीतकार किशोर शिवाकोटीले ५० हजार, गायक तथा समाजसेबी गम्बु शेर्पाले २१ हजार , जर्मनीमा रहेका गीतकार लब थापाले २२ हजार २ सय २२ कोरीया बस्ने संगीतकार डि आर अटु ले १२ हजार , इजरायल बस्ने इन्दिरा केसीले १० हजार इजरायलमै बस्ने अनिता योञ्जनले १० हजार बेलायत बस्ने गीतकार संगीता बायुङ राईले ११ हजार गीतकार तथा रोयल्टी संकलन समाजका उपाध्यक्ष रमेश बिजीले १० हजार , गायक तथा संगीतकार रमेश राज भटटराईले ५ हजार दिने घोषणा गर्नु भएको छ । कल्याणकारी कोषमा सहयोग आउने क्रमसँगै पीडित संगीतकर्र्मीका लागि पनि खर्च भैरहेको अध्यक्ष लक्ष्मण शेषले जानकारी दिनु भएको छ ।
केहि दिन पहिले अमर श्रष्टा मधुवाबु थापाको निधनमा शब यात्राका लागि चाहिने प्लेकार्ड, फ्लेक्स निर्माण देखी , शबलाई शबदाह गृह सम्म लाने र बिद्युतिय शबदाह गृहले लिने सबै शुल्क कोष बाट ब्यबस्था गरिएको थियो । यसैगरी क्यान्सर पीडित संगीतकार निरज कुमारलाई औषधि बापतको २० हजार, प्रसिद्ध लोकगायक तथा अभिनेताको बुद्धिकृष्ण लामिछानेलाई उपचारका लागि नगद १५ हजार १ सय ११ हस्तान्तरण गर्दै एक बर्षको औषधी खर्च झण्डै १ लाख २० हजार सहयोग जुटाउने प्रतिबद्धता ब्यक्त गरेको छ । त्यसैगरी मिर्गौला पीडित संगीत व्यवसायी शिव पौडेललाई १ हजार एक रुपैयाँ सहयोग हस्तान्तरण भैसकेको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907