नेपालमा पहिलो पटक बनभोजमा सार्बजनिक प्रयोग गरिएको गीत संगीतको रोयल्टी संकलन सुरु
नेपालमा पहिलो पटक बनभोजमा सार्बजनिक प्रयोग गरिएको गीत संगीतको रोयल्टी संकलन सुरु भएको छ ।
संगीत उद्योग संघले आज बालाजुमा आयोजना गरेको बनभोज कार्यक्रममा बजाइएका गीत संगीतको रोयल्टी दिने घोषणा गरिएको हो ।
संगीत उद्योग संघका अध्यक्ष सुर्य मगरले बनभोजमा बजाइएका सबै गीतका सर्जकलाई बनभोज कार्यक्रमको कुल खर्चको एक प्रतिशत रोयल्टी छुटटाइएको जानकारी दिनु भएको छ ।
यसैबीच संगीत रोयल्टी संकलन समाज नेपालका सदस्य एबं संगीतकार संघका अध्यक्ष लक्ष्मण शेषले यो निर्णयलाई ऐतिहासिक भन्दै रोयल्टी कार्यान्वयनको दिशामा अर्को नयाँ फडको भएको प्रतिकृया दिनु भएको छ ।
गीत संगीतको सार्बजनिक प्रयोग गरे बापत श्रष्टालाई अनिबार्य रोयल्टी तिर्नु पर्ने कानुनी ब्यबस्था छ ।