लोक गायक तथा संगीतकार मधुबाबु थापाको निधन :राम्रो सुरविद गुमाइयो -चन्द्रकला शाह (अडियो)
संगीतकार संघ नेपालले सम्मान स्वरुप उहाँकै गीत गाएर गीति श्रद्धाञ्जली दिने
लोक गायक तथा संगीतकार मधुबाबु थापाको निधन भएको छ ।
आज बिहान अनामनगर स्थित छोरी निलम पौडेलको घरमा बाथरुममा बेहोस भएका थापालाई तत्कालै बागबजारस्थित मोडल अस्पताल पुराउदा चिकित्सकले मृत घोषणा गरेका हुन् । थापाको हृदयघात बाट निधन भएको पारीवारीक श्रोतले जनाएको छ ।दाङको सौडियार गाविस ५ राजपुर घर भएका मधुबाबु दृष्टिविहीन हुनुहुथ्यो । उहाँले दर्जनौं लोकगीत, भजन, आधुनिक गीतमा स्वर तथा संगीत दिनु भएको छ । थापा रेडियो नेपालमा संगीत महाशाखामा जागिरे हुनुहुन्थ्यो ।
थापाका भैगो हजुर माया जाल नबुन‘’ ‘मोहनी लगायौ की मन्तर गरेर लगायतका गीत चर्चित छन । थापा संग लामो समय सांगीतिक सहकार्य गर्नु भएकी गायीका चन्द्रकला शाहले एउटा राम्रो गुरु राम्रो सुरविद गुमाएको बताउनु भएको छ ।
आज तलव बुझेर आयुर्बेदिक उपचार गर्न जाने सल्लाह भएको तर त्यो सबै अधुरो रहेको गायीका शाहले बताउनु भयो । madu-babu
उहाँको पार्थिव शरिरलाई भोलि प्रज्ञा भवनमा श्रद्धाञ्जलीका लागि राखिने छ । संगीतकार संघ नेपालले उहाँको निधनमा सम्मान स्वरुप उहाँकै गीत गाएर गीति श्रद्धाञ्जली दिने तयारी गरेको छ । थापाका ३ छोरा र १ छोरी हुनुहुन्छ ।