युवासंघ रुपन्देहीका अध्यक्षको दाह संस्स्कार :अनिश्चित कालिन रुपन्देही बन्द फिर्ता
युबराज कंडेल, बुटवल
युवा संघरुपन्देहीका अध्यक्ष दुर्गा तिवारीलाई जिल्ला सुरक्षा समिति रुपन्देहीले शहीद घोषणा गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरे संगैअनिश्चितकालिनरुपन्देही बन्द फिर्ता भएको छ । जिल्ला सुरक्षा समिति रुपन्देहीको आज बसेको बैठकले युवासंघरुपन्देहीका अध्यक्ष तिवारीलाई शहीद घोषणा गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ।
सुरक्षा समितिको सिफारिससँगै लुम्बिनी अञ्चल अस्पतालमा रहेको तिवारीको शवलाई बुधवार साझ५ बजेदाह संस्स्कारको लागि शब ग्रुहबाट बाहिर निकालिएको छ।शबलाईविहान ११ बजे नै बाहिर निकाली शबयात्रा गर्ने भनिएपनि सुरक्षा समितिले सहिदको लागि सिफारिस गर्ने निर्णय गर्न ढिलाई गरेकोले निकै अबेर गरि शब्बाहिर निकाली शवयात्र गरिएको हो ।
तिवारीको सवलाई बुटवल नगर परिक्रमा गराई शोकसभा गरिएको थियो। शोक सभामा नेकपा एमालेका उपमहासचिवद्धय विष्णु पौडेर र घनश्याम भुसाल तथा युवा संघ नेपालका अध्यक्ष राजिवपहारीले तिवारीलाई शहिद घोषणा गराएरै छाडने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । तिवारीको पार्थिव शरिरमा अन्तिम श्रद्धान्जलीदिदैउपमहासचिवद्धय पौडेल र भुसालले पार्टीको झण्डा ओढाउनु भएको थियो ।बुटवलमा शोकसभा गरेपछि शबयात्रा गरि तियारिकोशबलाईउनकोगृहनगरदेवदहको खैरेनी बजार लागिएको छ। बुटवल देखि खैरेनी सम्मको शवयात्रामा हजारौ युवा, स्थानीय नागरिक र पार्टीका यार्यकर्ताहरुको सहभागिता रहेको थियो। खैरेनीमा तिवारीलाई स्थानीय बासिन्दाहरुले अन्तिम श्रद्धान्जली दिने र शोकसभा गरेपछि आजै देवघाट पुर्याई तिवारीको दाहसस्कार गरिने जनाइएको छ।युवासंघ नेपालका केन्द्रिय सचिवालय सदस्य देवराज पोख्रेलले एक विज्ञप्ति प्रकाशित गरि हाललाई पुर्व घोषित अनिश्चितकालिनरुपन्देही बन्द फिर्ता लिएको जनाएका छन्।प्रशासन संग भएको सहमतिलाई कार्यान्वयन गर्न दवाव दिन थप कार्यक्रम पछि सार्वजनिक गरिने विज्ञप्तिमा उल्लेख छ।बन्द फिर्ताको घोषणा संगैरुपन्देही जिल्लामा सवारीसाधनहरु चलन शुरु भएको छ।साझापख बन्द खुलेको भएपनि बुटवल लगायत स्थानीय बजारहरुमाचहलपहल बढेको छ।