कल्याणकारी कोषमा लोकप्रीय गायक हेमन्त शर्मा द्धारा सहयोग हस्तान्तरण
संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा लोकप्रीय गायक हेमन्त शर्माले सहयोग राशी हस्तान्तरण गर्नु भएको छ । प्रस्तोता समाजका अध्यक्ष समेत रहेका शर्माले जन्मदिनका अबसर पारी पूर्ब घोषीत १० हजार रुपैयाको चेक हस्तान्तरण गर्नु भएको हो । शर्माको हिजो पुष ४ गते जन्मदिन हो । शर्माले संगीतकर्मीको हितका लागि थालिएको अभियानमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्नु संगीतकर्मीको कर्तब्य भएको बताउनु भएको छ । संगीतकार संघको कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम जारी रहेको छ । हरेक महिनाको १ गते कोषको विवरण सार्बजनिक गर्ने निर्णय अनुसार संघले पौष १ गते पहिलो विवरण सार्बजनिक गरिसकेको छ । संघका प्रेस सल्लाहकार लोकराज अधिकारीका अनुसार पौष महिनाको विवरण अनुसार कोषमा २ लाख ६६ हजार ८०७ रुपैया थपिएको छ । नेपाली संगीतकर्मी हरुका लागि मर्दा पर्दा सहयोग गर्ने महान उद्धेश्यले स्थापना गरिएको कोषमा ,अमेरिकामा बस्दै आएका गायक तथा संगीतकार किशोर शिवाकोटीले ५० हजार, गायक तथा समाजसेबी गम्बु शेर्पाले २१ हजार , जर्मनीमा रहेका गीतकार लब थापाले २२ हजार २ सय २२ कोरीया बस्ने संगीतकार डि आर अटु ले १२ हजार , इजरायल बस्ने इन्दिरा केसीले १० हजार इजरायलमै बस्ने अनिता योञ्जनले १० हजार बेलायत बस्ने गीतकार संगीता बायुङ राईले ११ हजार गीतकार तथा रोयल्टी संकलन समाजका उपाध्यक्ष रमेश बिजीले १० हजार , गायक तथा संगीतकार रमेश राज भटटराईले ५ हजार दिने घोषणा गर्नु भएको छ । कल्याणकारी कोषमा सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको अध्यक्ष लक्ष्मण शेषले जानकारी दिनु भएको छ । क्यान्सर पीडित संगीतकार निरज कुमारलाई २० हजार , प्रसिद्ध लोकगायक तथा अभिनेताको बुद्धिकृष्ण लामिछानेलाई उपचारका लागि नगद १५ हजार १ सय ११ र एक बर्षको औषधी खर्च झण्डै १ लाख २० हजार सहयोग जुटाउने प्रतिबद्धता ब्यक्त गरेको छ । त्यसैगरी क्यान्सर पीडित संगीतकार निरज कुमारलाई औाषधि बापतको २० हजार मिर्गौला पीडित संगीत व्यवसायी शिव पौडेललाई दश हजार एक रुपैयाँ सहयोग हस्तान्तरण भैसकेको छ ।