कल्याणकारी कोषको बिवरण सार्बजनिक :कोषमा एक महिनामा २ लाख ६६ हजार ८०७ थपियो

संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषको हरेक महिनाको बिवरण सार्बजनिक गरिने भएको छ । संघको हालसम्मको गतिबिधि समेटेर पहिलो बिवरण प्रेस बिज्ञप्ती मार्फत सार्बजनिक गरिएको छ । हरेक महिनाको १ गते कोषको बिवरण सार्बजनिक गरिने संघका अध्यक्ष लक्ष्मण शेषले जानकारी दिनु भएको छ । 15591737_10211775814180837_989228893_n
संगीतकार संघको कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम जारी रहेको छ । नेपाली संगीतकर्मी हरुका लागि मर्दा पर्दा सहयोग गर्ने महान उद्धेश्यले स्थापना गरिएको कोषमा गायक हेमन्त शर्माले १० हजार ,अमेरिकामा बस्दै आएका गायक तथा संगीतकार किशोर शिवाकोटीले ५० हजार, गायक तथा समाजसेबी गम्बु शेर्पाले २१  हजार , जर्मनीमा रहेका गीतकार लब थापाले २२ हजार २ सय २२ कोरीया बस्ने संगीतकार डि आर अटु ले १२ हजार , इजरायल बस्ने इन्दिरा केसीले १० हजार इजरायलमै बस्ने अनिता योञ्जनले १० हजार बेलायत बस्ने गीतकार संगीता बायुङ राईले ११ हजार गीतकार तथा रोयल्टी संकलन समाजका उपाध्यक्ष रमेश बिजीले १० हजार , गायक तथा संगीतकार रमेश राज भटटराईले ५ हजार दिने घोषणा गर्नु भएको छ । 15554901_10211775809500720_435038421_nकेहि दिन पहिले संगीतकार गिरीराज निरौलाले कोषमा ५ हजार हस्तान्तरण गर्नु भएको छ । झापा निवासी संगीतकार निरौलाले संघकाको कार्यालयमा पुगेर कोषमा रकम हस्तान्तरण गर्नु भएको हो । 15554833_1262681103771395_1204323764_n
संगीतकर्मी लाई मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले कोष स्थापना गरिएको हो । कल्ययाणकारी कोषमा सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको अध्यक्ष लक्ष्मण शेषले जानकारी दिनु भएको छ । क्यान्सर पीडित संगीतकार निरज कुमारलाई २० हजार , प्रसिद्ध लोकगायक तथा अभिनेताको बुद्धिकृष्ण लामिछानेलाई उपचारका लागि नगद १५ हजार १ सय ११ र एक बर्षको औषधी खर्च झण्डै १ लाख २० हजार सहयोग जुटाउने प्रतिबद्धता ब्यक्त गरेको छ । त्यसैगरी क्यान्सर पीडित संगीतकार निरज कुमारलाई औाषधि बापतको २० हजार मिर्गौला पीडित संगीत व्यवसायी शिव पौडेललाई दश हजार एक रुपैयाँ सहयोग हस्तारण भैसकेको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907