दिवंगत खेमराज गुरुङको अन्तिम गीति एल्बम‘घुमफिर‘ सार्बजनिक :संगीतकर्मी कल्याणकारी कोषमा एकैदिन १ लाख ८ हजार ५ सय ४५ रुपैया हस्तान्तरण

दिवंगत लोक गायक खेमराज गुरुङको अन्तिम गीति एल्बम‘घुमफिर‘ सार्वजनिक भएको छ । राजधानीमा बुधबार आयोजित कार्यक्रममा गुरुङकी आमा तुलसीमाया गुरुङले एल्बम सार्वजनिक गर्नु भएको हो ।15554683_10211767776459899_1964240221_n

६ वटा गीतमा एकल स्वर संगीत भर्नु भएका खेमराजले ५ र कुमार बिवाहितले एक गीत लेख्नु भएको हो । एल्बममा नेपालका विभिन्न ठाउँको पर्यटन प्रवद्र्धन गर्ने गीतहरु रहेका छन् ।संगीतकार संघ नेपालका अध्यक्ष तथा संगीतकार लक्ष्मण शेष विडारीले‘घुमफिर‘ खेमराजको महत्वाकांक्षी एल्बम भएको बताउनु भयो । संगीत नाटय एकेडेमीमा उपकुलपति संगीतकार शम्भुजित बाँसकोटा पत्रकार तथा खेमराजका बालसखा दीपेन्द्र बान्तवा संगीतकार प्रकाश गुरुङ, गायक राजेश पायल राई, कवि तथा प्राज्ञ श्रवण मुकारुङ लगायतले खेमराजको सांगीतिक पाटो र अन्तरंग प्रसंगबारे चर्चा गर्नु भएको थियो । 15571083_10211767776059889_518594012_n
०५६ सालमा पहिलो गीति एल्बम ‘जीवन भाग १‘ निकालेका खेमराजको ‘जीवन भाग २‘, ‘अनमोल‘, ‘धरान पोखरा‘, ‘सोल्टी‘, ‘आलुतामा‘, ‘ढाक्रे‘ पछि ‘घुमफिर‘ आठौं एल्बम हो । ‘जीवन भाग २‘ मा रहेको ‘वारि जमुना‘ गीतबाट निकै चर्चित गायक खेमराजको गत भदौ नौ गते निधन भएको थियो ।
कार्यक्रममा संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा बिभिन्न ब्यक्ति तथा संस्थाबाट प्राप्त १ लाख ८ हजार ५ सय ४५ रुपैया हस्तान्तरण गरिएको थियो ।
हिजो रोटरी क्लव अफ न्यूरोड सिटीका तर्फबाट ७५ हजारको चेक रोटरियन मोहनबिर तुलाधरले हस्तान्तरण गर्नु भयो ।15435788_10211767776499900_1412546262_n त्यसैगरी गायक बिन्दु परियार र संगीत संयोजक सुदिप सागरको जोडीले यस अघि घोषणा गरेको १० हजारमा २ हजार २ सय १२ थप गरी १२ हजार २ सय १२ ,गायक तथा संगीतकार सरोज कोइराला र दिपा वाराकोटीको जोडीले घोषणा गरेको ६ हजार ६ सय ६६ गायक तथा संगीतकार नरहरी प्रेमीको पहलमा संकलन गरीएको इसिओ ट्याङकका सिइओ अनिल बरालको जोडीको तर्फबाट १० हजार र अमेरिकामा बस्ने गीतकार टेकु क्षेत्रीको तर्फबाट ४ हजार २ सय ६७ रुपैया गरी १ लाख ८ हजार ५ सय ४५ रुपैया कोषमा हस्तान्तरण गरिएको संघका प्रेस सल्लाहकार लोकराज अधिकारीले जानकारी दिनु भएको छ । 15571081_10211767775899885_1046935736_n
संगीतकार संघको कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम जारी रहेको छ । नेपाली संगीतकर्मी हरुका लागि मर्दा पर्दा सहयोग गर्ने महान उद्धेश्यले स्थापना गरिएको कोषमा गायक हेमन्त शर्माले १० हजार , जर्मनीमा रहेका गीतकार लब थापाले २२ हजार २ सय २२ कोरीया बस्ने संगीतकार डि आर अटु ले १२ हजार , इजरायल बस्ने इन्द्रा केसीले १० हजार बेलायत बस्ने गायीका संगीता बायुङ राईले १० हजार गीतकार तथा रोयल्टी संकलन समाजका उपाध्यक्ष रमेश बिजीले १० हजार , गायक तथा संगीतकार रमेश राज भटटराईले ५ हजार दिने घोषणा गर्नु भएको कार्यक्रममा जानकारी दिइएको थियो । 15497557_10211767822741056_1853853249_nसंगीतकर्मी लाई मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले कोष स्थापना गरिएको हो । कल्ययाणकारी कोषमा सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको अध्यक्ष लक्ष्मण शेषले जानकारी दिनु भएको छ । क्यान्सर पीडित संगीतकार निरज कुमारलाई २० हजार , प्रसिद्ध लोकगायक तथा अभिनेताको बुद्धिकृष्ण लामिछानेलाई उपचारका लागि नगद १५ हजार १ सय ११ र एक बर्षको औषधी खर्च झण्डै १ लाख २० हजार सहयोग जुटाउने प्रतिबद्धता ब्यक्त गरेको छ । त्यसैगरी क्यान्सर पीडित संगीतकार निरज कुमारलाई औाषधि बापतको २० हजार मिर्गौला पीडित संगीत व्यवसायी शिव पौडेललाई दश हजार एक रुपैयाँ सहयोग हस्तारण भैसकेको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907