संगीतकर्मी कल्याणकारी कोषलाई श्रुति संगीत बिद्यालयले सहयोग राशी बढायो २५ हजार १ सय ५१ सहयोग गर्ने : बरिष्ठ लोक गायक कुमार वस्नेतलाई स्वामी नारायणाचार्य श्रुति सम्मान बाट अभिनन्दन
संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषलाई श्रुति संगीत बिद्यालयले २५ हजार १ सय ५१ सहयोग गरेको छ ।
गायक तथा संगीतकार नरहरि प्रेमी अध्यक्ष रहेको श्रुती संगीत विद्यालयले नेपाली संगीतकर्मीको हितका लागि स्थापना गरेको यो कोष बृद्धिका लागि आफनो तर्फबाट ११ हजार १ सय ५१ रुपैया घोषण गरेको थियो । सनिवार राजधानीमा आयोजीत एक कार्यक्रममा पूर्व प्रतिबद्धता अनुसारको रकम हस्तान्तरण गर्दै सहयोग राशी २५ हजार १ सय ५१ पुराउने घोषणा गरेको हो । बिद्यालयका संरक्षक गीतकार डा भोला रिजालले सहयोग राशी बृद्धि गर्ने घोषणा गर्दै संगीतकर्मीको उपचारमा नेपाल मेडिकल कलेजले बिषेश छुट दिने घोषणा गर्नु भएको हो । रकम थप्न पाएकोमा विद्यालयका प्रवन्ध निर्देशक पुष्पा पौडेलले खुसी ब्यक्त गर्नु भएको छ । यसैबीच हरेक वर्ष जस्तै यस वर्ष पनि श्रुति संगीत विद्यालयले संगीतका विभिन्न विधाहरुमा अनवरत रुपले योगदान पु¥याउँदै आएका स्रष्टाहरुलाई अभिनन्दन र सम्मान गरेको छ । नेपाल पर्यटनबोर्डमा आयोजीत कार्यक्रममा प्रमुख अतिथि राष्ट्रकवि माधव प्रसाद घिमिरेले उहाँहरुलाई सम्मान गर्नु भएको हो । कार्यक्रममा बरिष्ठ लोक गायक कुमार वस्नेतलाई स्वामी नारायणाचार्य श्रुति सम्मान बाट अभिनन्दन गरिएको हो । त्यसैगरी गीतकार राजेन्द्र शलभ, गायिका कुन्ति मोत्तान, गायक रामकृष्ण ढकाल र संगीतकार आलोकश्रीलाई श्रुति संगीत सम्मान गरिएको छ । त्यसैगरी श्रुति राईजीङ स्टारको उपाधि गायक कृष्ण काफ्ले लाई दिइएको छ । कार्यक्रममा गायक तुलसी पराजुली,अमृत क्षेत्री कृष्ण काफ्ले, जुना प्रसाई र नरहरी प्रेमीले कुमार बस्नेतका लोकप्रीय गीत गाउनु भएको थियो । कार्यक्रममा स्वामी नारायणाचार्यको ब्यक्तित्व का बारेमा बरिष्ठ अभिनेता टिका पहारीले प्रकाश पार्नु भएको थियो ।
सोहि कार्यक्रममा नेपाली संगीतकर्मी हरुका लागि मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको कोषमा बिद्यालयका तर्फबाट गरिएको सहयोग राशी संगीतकार संघका अध्यक्ष लक्ष्मण शेषलाई हस्तान्तरण गरिएको हो । संघका प्रेस सल्लाहकार लोकराज अधिकारीका अनुसार तिहारमा देउसी भैलो कार्यक्रमबाट संगीतकार संघले आफ्नो सम्पूर्ण खर्च कटाएर ८ लाख ४ हजार रुपैयाँ सिटजन्स बैंकमा जम्मा गरेको छ । संगीतकार संघको कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम जारी रहेको छ । कल्याणकारी कोषमा सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको छ । पुराना प्रसिद्ध लोकगायक तथा अभिनेताको बुद्धिकृष्ण लामिछाने ,मिर्गौला पीडित संगीत व्यवसायी शिव पौडेल र क्यान्सर पीडित संगीतकार निरज कुमारलाई कोष बाट आर्थिक सहयोग गरिएको छ ।