कल्याणकारी कोषमा अमेरिका निवासी समाजसेवि होताराम अधिकारीद्धारा १ सय अमेरिकी डलर प्रदान
संगीतकार संघ नेपालले स्थापना गरेको कल्याणकारी कोषमा दाङ घर भै हाल अमेरिका निवासी समाजसेवि होताराम अधिकारीले १ सय अमेरिकी डलर प्रदान गर्नु भएको छ ।
कोषको उद्धेस्य र संघले थालेको अभियान बाट आफू प्रभावित भएको भन्दै अधिकारीले सहयोग रमक प्रदान गर्नु भएको हो । उक्त रकम संघका प्रेस सल्लाहकार एबं गीतकार लोकराज अधिकारी मार्फत संघमा हस्तान्तरण गरिएको छ । संघका अध्यक्ष लक्ष्मण शेषले समाजसेवि होताराम अधिकारी प्रति आभार ब्यक्त गर्नु भएको छ । संगीतकार संघ नेपालले स्थापना गरेको कल्याणकारी कोषमा देश बिदेश बाट रकम जम्मा हुदै गर्दा आर्थिक अफ्रठेरोमा परेका स्रष्टा सर्जकलाई सहयोग गर्ने क्रम पनि जारी छ ।
घाँस काट्ने खुर्केर आयो जोवन हुर्केर ,गाई त बाध्ने पाटको दाम्लो , बाखरी बाखरी बाँध्ने डोरीले मैले के गर्नु ,पिँडिमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुँदी हुन् मलाई सम्झेर जस्ता चर्चित गीतका गायक तथा संकलक बुद्धिकृष्ण लामिछाने हिजो मात्र कोषका तर्फ बाट १५ हजार १ सय ११ सहयोग गरिएको छ । सहयोग रकम हस्तान्तरण गर्दै उहाँले प्रयोग गर्दै आएको औषधीको एक बर्ष सम्मको खर्च संघले जुटाउने प्रतिबद्धता ब्यक्त गरेको छ । कोषमा अहिले सम्म बिभिन्न ठाउँका सहयोगी हातहरु बाट झण्डै ३ लाख सहयोगको प्रतिबद्धता आई सकेको छ । भने प्रतिबद्धता अनुसारको रकम खातामा जम्मा हुनेक्रम पनि जारी छ । संगीतकर्मी लाई मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले कोष स्थापना गरिएको हो । गत तिहारमा देउसी भैलो कार्यक्रमबाट संगीतकार संघले आफ्नो सम्पूर्ण खर्च कटाएर ८ लाख ४ हजार रुपैयाँ सिटजन्स बैंकमा जम्मा गरेको छ ।