कल्याणकारी कोषलाई संगीतकार बिपिन र गायीका माण्डवीले दिए ११ हजार १सय ११
संगीतकार संघ नेपालले स्थापना गरेको कल्याणकारी कोषमा संगीतकार बिपिन आचार्य र गायीका माण्डबी त्रिपाठीले ११ हजार १सय ११ रुपैया हस्तान्तरण गर्नु भएको छ । संगीतकार बिपिन आचार्यले आफनो जन्मदिनका अबसर पारी १० हजार सहयोग रकमको घोषणा गर्नु भएको थियो । तर हस्तान्तरणका बेला थप १ हजार १ सय ११ थप गरी रकम हस्तान्तरण गर्नु भएको हो । आचार्यले कोषको उद्धेस्य यो अभियान बाट आफू उत्साहित र प्रभावित भएको भन्दै आबस्यक परेमा आफनो तर्फबाट फेरी पनि रकम थप्न तयार रहेको बताउनु भएको छ ।
संगीतकर्मी लाई मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले कोष स्थापना गरिएको हो ।