संगीतकर्मी कल्याणकारी कोषलाई नायीका तथा समाजसेवि दिपशिखा खडकाले १० हजार दिने : गायक लामिछानेलाई उपचारमा कोषबाट सहयोग गरिदै

संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषलाई नायीका तथा समाजसेवि दिपशिखा खडकाले १० हजार दिने घोषणा गर्नु भएको छ ।14601097_994625477330267_2906450644652031083_n पुराना प्रसिद्ध लोकगायक तथा अभिनेताको बुद्धिकृष्ण लामिछानेलाई उपचार सहयोगका लागि कल्याणकारी कोषमार्फत रकम सहयोग गर्ने तयारी भैरहेका बेला दिपशिखा फाउन्डेशनकि प्रमुख समेत रहेकि खडकाले तत्कालका लागि ब्यक्तिगत रुपमा १० हजार दिने र आबस्यक परे फाउन्डेशनका तर्फबाट थप रकम जुटाउने बचन दिनु भएको हो । खडकाले मानविय सेवामा जुटन पाउदा आफूलाई गर्ब लाग्ने बताउनु भएको छ । फाउन्डेशनका तर्फबाट खडकाले यस अघि पनि धेरै उदाहरणीय काम गर्दै आउनु भएको छ । संगीतकर्मी लाई मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको कोषमा यो हप्तामा मात्र झण्डै २ लाखको सहयोगको घोषणा भएको छ । प्रतिबद्धता अनुसार खातामा रकम जम्मा पनि भैरहेको संघका अध्यक्ष लक्ष्मण शेषले जानकारी दिनु भएको छ । गत तिहारमा देउसी भैलो कार्यक्रमबाट संगीतकार संघले आफ्नो सम्पूर्ण खर्च कटाएर ८ लाख ४ हजार रुपैयाँ सिटजन्स बैंकमा जम्मा गरेको छ । संगीतकार संघको कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम जारी रहेको छ । यस अघि हिजो ओखलढुङ्गा घर भै हाल अमेरिका बस्दै आउनु भएका गायक तथा समाजसेवी गम्बु शेपा ले २१ हजार दिने घोषणा गर्नु भएको छ ।
संघका प्रेस सल्लाहकार लोकराज अधिकारीका अनुसार कोषमा गायक तथा सरोज कोइरालाले ६ हजार ६ सय ६६ दिने घोषणा गर्नु भएको छ । चर्चित गायीका सुनिता दुलालले १० हजार रुपैया सहयोग गर्ने घोषणा गर्नु भएको छ । त्यसैगरी श्रुती संगीत विद्यालका अध्यक्ष गायक तथा संगीतकार नरहरि प्रेमी र विद्यालयका प्रवन्ध निर्देशक पुष्पा पौडेलले संगीतकर्मी कल्याणकारी कोषलाइ ११ हजार १ सय ५१ सहयोग गर्ने घोषणा गर्नु भएको छ । त्यसैगरी लोकप्रीय गायक हेमन्त शर्माले १० हजार , अमेरिकामा रहेका स्रष्टा किशोर सिवाकोटी र उहाँका सहकर्मीहरुले ५० हजार गायीका बिन्दु परियार र संगीत संयोजक सुदीप सागरको जोडीले १० हजार घोषणा गर्नु भएको छ । त्यस्तै संगीतकार विपिन आचार्य र गायीका माण्डबी त्रिपाठीको जोडीले ११ हजार १ सय ११ म्यूजिक संसार नेपालले १० हजार, कतारमा कार्यरत हातेमालो संस्थाका आजीवन सदस्य ईश्वर काफ्लेले १० हजार ३३ रुपैया, गीतकार प्रकाश सुवेदीले ५ हजार रुपैयाँ संघको कोषमा हस्तान्तरण गरिसक्नु भएको छ । कल्याणकारी कोषमा सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको शेषले जानकारी दिनु भएको छ । मिर्गौला पीडित संगीत व्यवसायी शिव पौडेललाई संगीतकार संघको तर्फबाट दश हजार एक रुपैयाँ सहयोग हस्तारण भैसकेको छ । यसभन्दाअघि पनि संघले क्यान्सर पीडित संगीतकार निरज कुमारलाई सहयोग गरिसकेको छ । बिहिबार पुराना प्रसिद्ध लोकगायक तथा अभिनेताको बुद्धिकृष्ण लामिछानेलाई उपचारका लागि संघले कोषबाट सहयोग गर्ने तयारी गरेको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907