संगीतकर्मी कल्याणकारी कोषलाई गायक तथा समाजसेवी गम्बु शेर्पाद्धारा २१ हजार सहयोगको घोषणा

संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषलाई गायक तथा समाजसेवी गम्बु शेपा ले २१ हजार दिने घोषणा गर्नु भएको छ । ओखलढुङ्गा घर भै हाल अमेरिका बस्दै आउनु भएका शेर्पाले संगीतकर्मी हामी आफैले नगरे कस्ले गर्ने आज नगरे कहिले गर्ने भन्दै यो अभियानलाई सबैले साथ र सहयोग गर्नु पर्ने बताउनु भएको छ । 13880251_1120914207965061_25933387622227172_nयस अघि पनि शेर्पाले ब्यक्तिगत रुपमा भिन्न भिन्न समयमा सामाजिक कार्यमा सकृय रहदै सहयोग गर्दै आउनु भएको छ । गायक तथा सामासेवी शेर्पा आफ्नै संस्था मार्फत लामो समयदेखी नेपाली गीत संगीतको क्षेत्रमा समेत निरन्तर कृयाशिल हुनुहुन्छ ।  शेर्पाले रकम छिटटै हस्तान्तरणका लागि पाठाउने जानकारी दिनु भएको छ  ।

संगीतकर्मी लाई मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले कोष स्थापना गरिएको हो । गत तिहारमा देउसी भैलो कार्यक्रमबाट संगीतकार संघले आफ्नो सम्पूर्ण खर्च कटाएर ८ लाख ४ हजार रुपैयाँ सिटजन्स बैंकमा जम्मा गरेको छ । संगीतकार संघको कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम जारी रहेको छ । संघका प्रेस सल्लाहकार लोकराज अधिकारीका अनुसार  यस अघि कोषमा गायक तथा सरोज कोइरालाले ६६६६ दिने घोषणा गर्नु भएको छ । चर्चित गायीका सुनिता दुलालले १० हजार रुपैया सहयोग गर्ने घोषणा गर्नु भएको छ । दुलालले कोषमा आफनो तर्फ बाट पनि केहि रकम थप्न पाएको मा खुसी ब्यक्त गर्नु भएको छ ।
त्यसैगरी श्रुती संगीत विद्यालका अध्यक्ष गायक तथा संगीतकार नरहरि प्रेमी र विद्यालयका प्रवन्ध निर्देशक पुष्पा पौडेलले संगीतकर्मी कल्याणकारी कोषलाइ ११ हजार १ सय ५१ सहयोग गर्ने घोषणा गर्नु भएको छ । अहिले सम्म कोषमा लोकप्रीय गायक हेमन्त शर्माले १० हजार ,म्यूजिक संसार नेपालले १० हजार, र अमेरिकामा रहेका स्रष्टा किशोर सिवाकोटी र उहाँका सहकर्मीहरुले ५० हजार सहयोग गर्ने घोषणा गर्नु भएको छ । त्यसैगरी संगीतकार विपिन आचार्य र गायीका माण्डबी त्रिपाठीको जोडीले १० हजार र गायीका बिन्दु परियार र संगीत संयोजक सुदीप सागरको जोडीले १० हजार घोषणा गर्नु भएको छ । भने कतारमा कार्यरत हातेमालो संस्थाका आजीवन सदस्य ईश्वर काफ्लेले १० हजार ३३ रुपैया, गीतकार प्रकाश सुवेदीले ५ हजार रुपैयाँ संघको कोषमा हस्तान्तरण गरिसक्नु भएको छ । कल्ययाणकारी कोषमा सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको अध्यक्ष लक्ष्मण शेषले जानकारी दिनु भएको छ । मिर्गौला पीडित संगीत व्यवसायी शिव पौडेललाई संगीतकार संघको तर्फबाट दश हजार एक रुपैयाँ सहयोग हस्तारण भैसकेको छ । यसभन्दाअघि पनि संघले क्यान्सर पीडित संगीतकार निरज कुमारलाई सहयोग गरिसकेको छ । केहि दिनमै पुराना प्रसिद्ध लोकगायक तथा अभिनेताको बुद्धिकृष्ण लामिछानेलाई उपचारका लागि संघले कोषबाट सक्दो सहयोग गर्ने तयारी गरेको छ । कोष बृद्धिका लागि सबैले आफनो ठाउबाट पहल गर्न पनि अध्यक्ष शेषले सबैलाई आग्रह गर्नु भएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907