रेडियो अडियोले दियो गीत संगीतको सार्बजनिक प्रयोग बापतको १ लाख रोयल्टी यो रोयल्टी -आर्थिक बर्ष बार्षिक कारोबारको एक प्रतिशत हो : दिपेन्द्र खनियाँ

रेडियो अडियोले १० औ बार्षिकोत्सवको विशेष अवसर पारी गीत संगीतको सार्बजनिक प्रयोग बापतको एकमुष्ठ रोयल्टी हस्तान्तरण गरेको छ । आर्थिक बर्ष ०७२ ०७३ को बार्षिक कारोबारको एक प्रतिशतले हुन आउने १ लाख रुपैया हस्तान्तरण गरिएको प्रबन्ध निर्देशक दिपेन्द्र खनियाँले जानकारी दिनु भएको । 15317883_10209111459757645_2186996804262661516_n
खनियाँले संगीतकर्मी बाँचे पो सञ्चारगृह बाँच्दछ भन्दै सबैले प्रतिलिपि अधिकारको सम्मान गर्दै सबै स्रष्टाले रोयल्टी पाउनु पर्ने हकको सधै सम्मान गर्ने बताउनु भयो ।
श्रष्टा “मह“ जोडीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संगीत रोयल्टी संकलन समाज नेपाल ,प्रस्तोता समाज नेपाल र उत्पादक समाज नेपालका पदाधिकारीको उपस्थितिमा प्रस्तोता समाज नेपालका अध्यक्ष हेमन्त शर्माले रोयल्टीको चेक ग्रहण गर्नु भएको हो । शर्माले रोयल्टी रकम बुझदै श्रष्टा, प्रस्तोता, उत्पादकका मौलिक अधिकारको कदर गर्दै गरेको ऐतिहासिक शुरूवातका निम्ति प्रस्तोता समाज नेपाल हार्दिक आभार व्यक्त गर्दछ ! भन्नु भएको छ ।15400329_10209111460317659_7439343119376890703_n त्यसैगरी संगीत रोयल्टी संकलन समाज नेपालले रोयल्टी कार्यान्वयनका लागि बिशेष पहल गरिरहेका बेला यो सुखद सुरुवात भएको प्रतिकृया समाजका अध्यक्ष सुरेश अधिकारीले दिनु भयो । अहिले ३ वटै सिएमओहरु प्रतिलिपि अधिकार ऐन नियमावली र संसदीय समितिको निर्देशन कार्यान्वयनका लागि एकजुट भएर लागेका छन । गीत संगीतको सार्बजनिक प्रयोगकर्तालाई रोयल्टीको कानुनी दायरामा ल्याइ राज्यको कुल ग्राहस्थ उत्पादन बढाउने कानुन प्रदत्त अधिकारको सम्मान गर्न समाजले सबैलाई आग्रह गरेको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907