ईश्वर काफ्ले र रन्जिता गुरुङले भने “जाओ आँसु बगेर जाओ”
बसन्त फिल्मस् प्रा.लि.को प्रस्तुतिमा सौगात काफ्लेको लोक तथा दोहोरी गीति एल्बम “जाओ आँसु बगेर जाओ” बजारमा आएको छ । गितलाई युट्युब मार्फत सार्वजनिक गरिएको हो ।
नेपाली गित सङ्गीतमा माया प्रेम, मिलन, बिछोडका विषय वस्तुलाई समेटेर गितहरु तयार हुदै आएका छन् । नेपाली बजारमा एल्वमहरु बिक्न पनि छोडिसके, अहिले भिडियो नबनाए सम्म गित कुनै पनि मिडियामा नबज्ने भइसकेका छन । यतिबेला मात्र युट्युवको भरमा कलाकारहरुले नयाँ एल्वमहरु निकाल्ने गरेका छन् ।
भर्खरै मात्र सार्वजनिक भएर निकै चर्चामा रहेको “जाओ आशु बगेर जाओ” बोलको गीतमा पूर्ण रुपमा माया प्रेमका कुराहरुलाई समेटर तयार गरिएको छ । कतै धन त कतै माया, धन भन्दा माया ठुलो हो या माया भन्दा धन, यस्तै विषय वस्तुलाई समेटेर बनेको गित एउटा वियोगान्त कथामा आधारित छ ।
“पैसा बिना पिरती टिकेन, अरु छैन यो मुटु बिकेन” जस्ता शब्दले सजिएको गीतमा चर्चित सर्जक एकनारायण भण्डारीको लय तथा शब्दमा रहेको छ भने चर्चित गायक कुलेन्द्र वि.क. र लोकप्रिय गायिका देवि घर्ति मगरको स्वर रहेको छ ।
यतिबेला बजारमा सबत्र चर्चा बटुल्न सफल गित “जाओ आशु बगेर जाओ” बोलको गीतमा प्रकास भट्टको निर्देशन रहेको भिडियोमा ईश्वर काफ्ले र रन्जिता गुरुङले अभिनय गरेका छन । यतिबेला ईश्वर काफ्ले पहिलो पटक दृश्यमा देखिएका छन । उनि युवा समाजसेवी, कलाकार र नेपाली सङ्गीत क्षेत्रलाई निकै माया गर्ने व्यक्तित्व हुन ।
भिडियोलाई करन चैसिरले छायाँकन तथा विष्णु शर्माले सम्पादन गरेका हुन । “जाओ आशु बगेर जाओ” बोलको गितलाई बसन्त फिल्मस प्रा.ली.ले बजार व्यवस्थापन गरेको हो।