कम उमेरमा गीत रेकर्ड गराउने नेपाली भाषी प्रथम भुटानी गायीका सुजैनाको लाली गुराँस सार्बजनिक (भिडियो)
गीतकार राकेश काफ्लेको शब्द सिडि बिजय अधिकारीको संगीतमा सुजैना सन्यासीको स्वरमा रहेको लाली गुराँस बोलको गीत सर्बाजनिक भएको छ ।
सुजैना कम उमेरमा गीत रेकर्ड गराउने नेपाली भाषी प्रथम भुटानी गायीका भएको बताइएको छ ।
गीतको संगीत संयोजन राजु कार्कीले गरेका छन । भिडियोलाई डम्बर क्षेत्रीले छायाँङकन र निर्देशन गरेका हुन । भिडियोमा दुर्गा ,कामना, कल्पना, मनिषा, बिष्णु,र कमल ले अभिनय गरेका छन ।
यो गीतका सर्जक काफ्ले ले चलेकाको नामबाट चल्नु र बलेकाको मदतमा हिड्नु अति नै सजिलो कार्य भएको तर नचलेकालाई चलाउनु, बल्ने क्षमता भएका तर बल्न नसकेकालाई बाल्नु कठिन कार्य हुदा हुदै पनि यसमै आत्म सन्तुष्टि मिल्ने भएकाले जोखिम मोलेको प्रतिकृया दिएका छन ।