पुनः जिवन पाए हंशले: आँशु खसाए हर्षले(भिडियो सहित )
कमजोर आर्थिक अबस्थाका कारण जिवन मरणको दोसाधमा पुगेका कञ्चनपुर ५का हंश बिकले पुनर्जिवन पाएका छन ।
कम्मरमुनिको पुरै भाग नचल्ने बि क चिकित्सकको भाषामा प्रेसर स्वर भनिने खाटेघाउका कारण लामो समय देखि थप पीडित थिए ।
बिकको उपचारका लागि चाँगे धर्तिआमा कोष हङ्गकङ्ग शाखा र हंग्री आइ रेस्टुरेन्ट एन्ड बारको संयुक्त आयोजनामा सुमधुर सांगीतिक साँझ कार्यक्रम गरि उपचार खर्च संकलन गरिएको थियो । चाँगे धर्तीआमा कोष हङ्गकङ्ग शाखाको टिम लिडर, समाजसेबी एबं गीतकार भद्रकला आङ्बुहाङ राईको मुख्य संयोजकत्वमा सम्पन्न कार्यक्रममा, अनिता अन्छङ्बो लगायत सस्थाको सदस्यहरु र त्यतै गरि हंग्री आइ रेस्टुरेन्ट एन्ड बारको तर्फबाट ब्यबसायी एबं समाजसेवी नन्द चङ्सु लिम्बूको सकृयता रहेको थियो । नेपाली राष्ट्रिय कलाकारहरु साथमा आयोजित उक्त कार्यक्रमबाट संकलित रकम बिक बाहेक अन्य दुई जना झापा धरमपुरका पथ्थरी, फोक्सो र कलेजोका बिरामी सीता देबि मेन्याङ्बो र चागे ५ ताप्लेजुङ् निबासी क्यान्सर पीडित बेनु कुमारी आङ्बुहाङलाई उपचारार्थ सहयोग गर्ने निर्णय भएको थियो । बिकको उपचारका लागि संस्थाले २ लाख १० हजार रुपैयो सहयोग गरेको हो ।
हङ्गकङ्गमा बिरामीको सहयोगार्थ आयोजीत एक कार्यक्रमबाट संकलन गरिएको दुईलाख रुपैया शुस्मा कोइराला मेमोरियल अस्पतालमा पुगेर संस्थाका दाता एबं युवा सदस्य अबिनाश आङ्गबुहाङ्गले हस्तान्तरण गरेका हुन । असार देखीको लामो उपचार पछि बिकलाई अस्पताल बाट डिस्चार्ज गरिएको छ । एचआइभी संक्रमणका कारण बाबु आमा गुमाएका बिक सानै देखी अपाङ्गता त्यसमाथी खाटेघाउबाट पीडित रहेको अस्पतालले जनाएको छ । कुष्ठरोग बाट पीडित दिदी संगै बस्दै आएका बिकले गहभरी आँशु पार्दै आफूले पुर्नजीवन पाएको भन्दै खुसी ब्यक्त गरेका छन । उनले उपचारमा सहयोग गर्ने दाता र चिकित्सक हरुलाई धन्यवाद दिएका छन ।
यस अघि पनि चाँगे धर्तिआमा कोषले ताप्लेजुङ्गका ट्युमर पीडित कृष्ण प्रसाद भटटराईको सम्पूर्ण उपचारको ब्यबस्था गरेको थियो । भटटराइ अहिले झण्डै १२ किलोको ट्यूमरको बोझ बाट मुक्त भै स्वस्थ जिवन यापन गर्दै आएका छन । गीतकार तथा समाजसेवी भद्रकला आङ्गबुहाङ्गले मानबीय सेवागर्न पाएकोमा सन्तोष लागेको प्रतिकृया दिएकी छन ।