पुण्यतिथिमा विद्यार्थी सम्मान

 युबराज कंडेल
रोशन नेपाल स्मृति प्रतिष्ठान बुटवलले स्वर्गीय रोशन नेपालको तेश्रो वार्षिक पुण्य तिथि विद्यार्थी सम्मान तथा रक्तदान कार्यक्रम गरि शनिबार मनाएको छ। प्रतिष्ठानद्वारा आयोजिक कार्यक्रममा एसैअलासी परिक्षामा रुपन्देही जिल्लाबाट उत्क्रुथ नतिजा ल्याउने ६ जना छात्राचात्रालाई नगद पुरस्कार र सम्मान पत्र द्वारा सम्मान गरिएको छ। 15109528_1341785879174488_6385377387968917855_nत्यसैगरी उक्त कार्यक्रममा दुइजना गरिव तथा जेहेन्दार छात्राहरुलाई छात्रवृति प्रदान गर्नुको साथै विस्वशान्ति अनाथ आश्रम मणिग्रामको सहयोगार्थ आश्रमकि अध्यक्ष मैनादेवी भण्डारीलाई पाच हजार रुपैया प्रदान गरिएको छ। कार्यक्रममा रक्तदान गर्ने रक्तदाता र प्रतिशाथानका आजीवन सदस्यहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो। कार्यक्रममा प्रतिष्ठानका संरक्षक छबी नेपालले रोशन नेपालको व्यक्तित्व र प्रतिष्ठानको उद्धेस्यको बारेमा प्रकास पार्दै दुर्घटनामा आफुले एक योग्य र होनहार ईन्जिनियर छोरा गुमाएको भएपनि उनको नामबाट प्रतिष्ठान खोलेर हजारौ योग्य नागरिक तयार गर्न आफु लागि परेको बताए। कार्यक्रममा रुपन्देहीका जिल्ला शिक्षा अधिकारि टेक बहादुर थापा,बुटवल उपमहानगरपालिकाका वरिष्ट अधिकृत भुवा प्रसाद लुइँटेल , प्राध्यापक ऋषिराम भुषाल,शिक्षण संघ रुपन्देहीका अध्यक्ष कुल प्रसाद लामिछाने, टुक बहादुर क्षेत्री लगायतले बोलेका थिए। 15055737_1341785802507829_720894692827327280_nकार्यक्रममा बोल्ने वक्ताहरुले अल्पायुमै मृत्यु भएका ईन्जिनियर रोशन नेपालको मृत्युको शोकलाई शक्तिमा बदल्नको लागि प्रतिशन स्थापना गरेर परिवारले सहानिय काम गरेको बताउदै प्रतिष्ठानले गरिव जेहेन्दार व्यक्तिहरुलाई शिक्षा प्रदान गर्न शुरु गरेको अभियान रोकिन नहुने र यो कार्यमा सबैले सहयोग गर्नुपर्ने कुरामा जोड दिएका थिए। प्रतिष्ठानका अध्यक्ष रामचन्द्र आचार्यको अध्यक्षतामा भएको सम्मान तथा रक्तदान कार्यक्रमको संचालन कृष्ण नेपालले गरेका थिए।बुटवलमा जन्मेर अमेरिकामा ईन्जीनियरिंग अध्ययन पुरा गरि अमेरिकामा कार्यरत रहेको अवस्थामा तिन वर्ष अघि सडक दुर्घटनामा ३० वर्षकै उमेरमा ईन्जिनियर रोशन नेपालको मृत्यु भएको थियो।उनको स्मृतिमा उनको परिवारको सरक्षकत्वमा नेपाल र अमेरिकाका शैक्षिक तथा सामाजिक व्यक्तित्वहरुले स्थापना गरेको प्रतिष्ठानले तिन वर्ष यता विभिन्न सामाजिक गतिविधिहरु संचालन गर्दै आएको छ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907