दाहाल पुर्पक्षका लागि नख्खु कारागार चलान
पञ्चकन्या गु्रप अन्र्तगत नेपाल बिटुमिन तथा ब्यारेल उद्योगमा काम गर्दा ठगी गरेको आरोपमा पक्राउ परेका योगेन्द्रमणी दाहाललाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा राख्न नख्खु कारागार चलान गरेको छ ।
दाहाल कम्पनिको आर्थिक महाशाखा प्रमुख हुदा १२ करोड ३५ लाख भन्दा धेरै रकम ठगी गरेको अदालतले ठहर गरेको छ । दाहाल २०६६ साल देखी यो उद्योगमा कार्यरत थिए ।