क्यान्सर पीडित संगीतकार निरज कुमार लाई संगीतकार संघ नेपालको आर्थिक सहयोग
क्यान्सर पीडित संगीतकार निरज कुमारलाई संगीतकार संघ नेपालले औषधी उपचारका लागि आर्थिक सहयोग गरेको छ । संघका अध्यक्ष लक्ष्मण शेष र कोषाध्यक्ष हरी लम्सालले अस्पतालमै पुगेर निरजको स्वास्थ्य अबस्थाबारे जानकारी लिदै आर्थिक सहयोग हस्तान्तरण गरेका हुन । संगीतकार संघ नेपालले स्थापना गरेको कल्याणकारी कोष बाट सहयोग रकम प्रदान गरिएको हो । संघले गीतकार, संगीतकार ,प्रस्तोता ,संगीत ब्यबसायी , लागायत स्रष्टा सर्जकलाई आपत बिपत पर्दा सहयोग गर्ने उद्धेश्यले कल्याणकारी कोष स्थापनाका लागि देउसी भैलो बाट रकम संकलन गरेको थियो । उक्त कोषबृद्धिका लागि अहिले देश तथा बिदेशबाट पनि दाताहरुले सहयोगी हात बढाइ रहेका छन । संघको सहयोग र साथ पाएपछि संगीतकार निरज कुमार खुसीले भक्कानिएका थिए । उनले आफनो फेसबुक स्टाटसमा संगीतकार भएकोमा गर्ब लागेको उल्लेख गरेका छन । उनको स्वास्थ्य परिक्षण र औषधी उपचारमा संघले सधै साथ दिने प्रतिबद्धता ब्यक्त गरेको छ । केहि समय यता क्यान्सर बाट पीडित निरज लामो समयदेखी संगीतक्षेत्रमा कृयाशील छन ।
अति राम्रो काम धन्यबाद छ संगीतकार संघ लाई.