हेलिकप्टर दुर्घटना, उन्नाइस जनाको मृत्यु
तेल र ग्यास खानीमा काम गर्ने कामदार लिएर साइबेरियाको दुर्गम क्षेत्रमा उडिरहेको रसियाली हेलिकप्टर खराब मौसमका कारण दुर्घटनाग्रस्त हुँदा विमानमा यात्रारात १९ जनाको मृत्यु भएको रसियाली छानबिन समूहले शनिबार बताएको छ ।
घटनामा घाइते बनेका तीन जनालाई उपचारका लागि पठाइएको छ मृत शरिरलाई उद्धार गर्न पुगेका सुरक्षाकर्मीले प्रारम्भिक अनुसन्धानबाट घटना शुक्रबार राति कुहिरो र हिउँ वर्षाका कारण आएको प्राविधिक कठिनाइका कारण भएको जनाइएको छ ।
यसैबीच रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका आफन्त र शुभचिन्तकलाई समवेदना व्यक्त गर्नुभएको उहाँका प्रवक्ता डिमित्री पेश्कोभले रसियाली न्यूज एजेन्सीलाई बताउनुभएको छ ।
एमआइ–८ हेलिकप्टरले तीन जना चालक दलका सहित सदस्य २२ जना यात्रु लिएर क्रास्नोयास्कबाट उरेङ्गोइकाका लागि उडेकामा गन्तब्यभन्दा ४५ किलोमिटर यतै दुर्घटनाग्रस्त हुन पुगेको हो । रासस÷एएफपी