माओवादी केन्द्रले महाअभियोगबारे निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई दियो
नेकपा (माओवादी केन्द्र)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोगको प्रस्तावको सम्बन्धमा आवश्यक निर्णय लिने अधिकार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ ।
अध्यक्ष दाहाल निवास लाजिम्पाटमा आज बसेको केन्द्रीय कार्यालयको बैठकले महाअभियोग प्रस्तावमा विभिन्न पक्षसँग समन्वय गरी अगाडि बढ्न आवश्यक निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई दिने निर्णय गरिएको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।
महाअभियोग प्रस्ताव दर्ता गर्दा अपनाइएको शैलीका सम्बन्धमा बैठकमा कतिपय सदस्यले असन्तुष्टि राखेका थिए ।