नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गराउन माग
नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गराउन माग गर्दै विश्व हिन्दू महासङ्घको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।
कात्तिक ४ गते सुरु भएको सम्मेलनले संसारका ९४ प्रतिशत ओमकार परिवारको भावनालाई सम्मान गरी अविलम्ब हिन्दू राष्ट्र घोषणा गर्न सरकार तथा अन्तर्राष्ट्रिय जगत्लाई ध्यानाकर्षण गरेको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा महासङ्घका नवनिर्वाचित अध्यक्षमा भरतकेशर सिंहले विश्वमा सनातन वैदिक संस्कृति तथा हिन्दू सभ्यताको प्रवद्र्धनमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उक्त सम्मेलनले नेपाल धर्म निरपेक्ष राष्ट्र घोषणा भएपछि विश्वमा गौवंश संरक्षित नभएको तथ्यलाई मनन गर्दै गौवंश संरक्षणका लागि प्रभावकारी अभियान चलाउने निर्णय गरेको छ ।