संसदमा ‘ब्याक गिअर’ छैन-महाअभियोग षड्यन्त्रविरुद्धको प्रस्ताव :पूर्वप्रम ओली
पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध ल्याइएको महाअभियोग प्रस्ताव कुनै षड्यन्त्र नभई षड्यन्त्रविरुद्धको प्रस्ताव भएको बताउनुभएको छ ।
आज भक्तपुरको बालकोटस्थित ओली निवासमा पुगेको संयुक्त विद्यार्थी सङ्गठनको टोलीको कार्कीविरुद्धको प्रस्ताव पास गराउन दबाब दिने उद्देश्यले बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले कार्कीविरुद्धको महाअभियोग प्रस्तावलाई षड्यन्त्रका रुपमा नहेर्न आग्रह गर्नुभएको छ ।
ओलीले संसद्मा ‘ब्याक गिअर’ नभएकाले कार्कीविरुद्धको महाअभियोग प्रस्ताव पास गर्नुको विकल्प नरहेको तर्क राख्दै प्रस्ताव धेरै सोच विचार र अरु दलसँग पनि छलफल गरेर ल्याइएकाले प्रस्ताव पास गर्नुको विकल्प नभएको जिकिर गर्नुभयो ।