महाअभियोगबारे काँग्रेसमा बहस जारी :केन्द्रीय समितिको अर्को बैठक सोमबार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोगबारे नेपाली काँग्रेसभित्र पक्ष र विपक्षमा बहस चर्किएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबारदेखि जारी बैठकमा बोल्ने अधिकांश सदस्यले महाअभियोगको प्रस्ताव राष्ट्रिय प्रभाव पार्ने विषय भएकाले विवेकपूर्ण निर्णय लिनुपर्ने सुझाव राखेका छन् ।
केही केन्द्रीय सदस्यले महाअभियोगका प्रस्ताव व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दलसँग कुनै सरसल्लाह नगरी आएकामा आक्रोस पोखेका छन् । धेरैले महाअभियोगका पक्षमा पार्टी उभिनुपर्नेमा जोड दिएका छन् ।
केन्द्रीय समितिको अर्को बैठक कात्तिक ८ गते सोमबार बिहान ८ः०० बजे पुनःबस्ने काँग्रेसले जनाएको छ ।