बुझया हो त ठिटटा हो— भन्दै जितेन्द्र ले नचाए ह्यारीसवर्ग यूथलाई
दशैका अबसरमा अमेरिकाको ह्यारीसवर्गमा आयोजीत साँस्कृतिक कार्यक्रममा गायक जितेन्द्र गिरीले धेरैको मन जिते । पहिले देखीनै गायनमा रुची राख्ने जितेन्द्र अमेरिकामा आयोजीत बर्षा बेष्ट पर्फमर सिजन एक का टप फोर प्रतियोगी पनि हुन । उनका केहि गीत चर्चित भैसकेका छन । नेपालका चर्चित संगीतकारहरुको संगीतमा आफनो स्वर भरेका जितेन्द्रले स्टेजमा जव बुझया हो त ठिटटा हो– भन्दै उक्लन्छन दर्शक नाचिहाल्छन । पछिल्लो समय एकल गीति संग्रह निकाल्ने तयारीमा रहेका जितेन्द्रले अमेरिकामा हुने बिभिन्न कार्यक्रममा आफनो प्रस्तुति राख्दै आएका छन । हालै मात्र चर्चित गायक प्रमोद खरेल नायक दिलीप रायमाझी समेत सहभागी कार्यक्रममा जितेन्द्रले आफनो प्रस्तुति राख्ने अबसर पाएका थिए । ह्यारीसवर्ग यूथले आयोजना गरेको कार्यक्रममा जितेन्द्र ले केहि आफना र केहि अन्य गायकले गायका गीत प्रस्तुत गरेका थिए । उनको प्रस्तुतिमा धेरैले नाचेर साथ दिएका दिए । जितेन्द्रले युएस एण्ड नेपाल संग कुरा गर्दै भने म त्यतिबेला एक्साइटेड भए जव बुझया हो त ठिटटा हो गाउदा पुरै माहोल तात्यो । गीतकार लोकाराज अधिकारीको शब्द र अर्जुन पोख्रेलको संगीत रहेको यो गीतको म्यूजिक भिडियो तयार पार्दै गरेको पनि उनले बताए । भिडियोमा नायक दिलीप रायमाझी नायीका प्रीयंका कार्कीले अभिनय गर्ने र प्रशन्न पौडेलले निर्देशन गर्ने जितेन्द्रले जानकारी दिए । केहि फूटेज अमेरिकामै छायाँकन भैसकेको पनि उनले बताएका छन ।