चीनमाथि नेपालको शानदार जीत
नेपालले हङकङमा भएको विश्वकप महिला एसियाली क्षेत्रको छनोट क्रिकेटमा चीनमाथि ४ विकेटको रवाफपूर्ण जित हासिल गर्दै प्रतियोगिता सकेको छ ।
अन्तिम खेलमा मोङकक मैदानमा विजयका लागि पाएको ८६ रनको चुनौती नेपालले ६ विकेटको क्षतिमा १५ बल खेल्न बाँकी छँदै १७.३ ओभरमा पूरा गरेको हो ।
नेपालका लागि नेरी थापाले सर्वाधिक २२ रन जोडिन् । त्यस्तै सीता राना मगरले २०, कप्तान रुबिना क्षेत्रीले ९ बलमा अविजित रहँदै १३ तथा ईन्दु बर्माले १० रन जोडिन् ।
यसअघि जारी प्रतियोगितामा पहिलो पटक नेपालले टस हारेर फिल्डिङ गरेको थियो । सो क्रममा चीनले ६ विकेटको क्षतिमा ८५ रन बनायो ।