गीत-मुना मौनता
रमेकी थि…..
रमेकी थि गुडमै चरी‚फुर्रफुर्र गर्दैं
उड्नुपर्यो आकासमाथि‚तप्प आँसु झार्दैं।।
गुलेलीकै निशान बन्छ‚मेरै कर्ममाथि
ताकीताकी मार्न खोज्ने‚रैछ धूर्त साथि।।
सोचेंजस्तो हुने भए‚साथ किन छाड्थें र?
टाढा हुँदा भुल्ने भएँ‚हात किन माग्थें र?।।
ढुकढुक गर्ने मेरो धड्कन‚त्यो मुटुमा सार्दैं
उड्नुपर्यो आकासमाथि‚तप्प आँसु झार्दैं।।
तिम्लाई के था जिन्दगीको‚छैन यहाँ भर
पाईला पाईला त्रास बोकी‚हिड्नुपर्छ पर।।
आफ्नैलागि बाँच्ने भएँ‚अर्थ हुन्नँ मेरो
र त लाएँ तिम्रो मैले‚जग्गेमा नै फेरो।।
जिम्मेबारी अनगिन्ति‚यो थाप्लोमा बोक्दैं
उड्नुपर्यो आकासमाथि‚तप्प आँसु झार्दैं।।
काठमाडौं।