पर्सामा प्रहरीको कारबाहीमा एक युवकको मृत्यु
प्रहरीसँग भएको भिडन्तको क्रममा प्रहरीले चलाएको गोली लागी पर्सामा एक जनाको मृत्यु भएको छ ।
भारतीय नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई रोकी जाँच गर्न खोज्दा प्रहरीलाई लक्षित गरी गोली चलाएकाले प्रहरीले गरेको कारबाहीमा गोली लागी युवकको मृत्यु भएको पर्साका प्रहरी उपरीक्षक डा राजुबाबु श्रेष्ठले जानकारी दिनुभयो ।
मृतकको परिचय नखुलेको र मृतकसँगै रहेका भारतीय मोटरसाइकल चालकको खोजी कार्य भइरहेको उपरीक्षक श्रेष्ठले बताउनुभयो ।
फरार भएका अन्यको खोजीका लागि वीरगन्जको विभिन्न स्थानमा प्रहरीले नाकाबन्दी समेत गरेको छ ।