भत्किएको
तिमीलाई सम्झी पिएँ अाज सानू !
म लाचार बन्दै खिएँ अाज सानू ! ।१ ।
यसै झम्झमे साँझमा याद अायाै
म तिम्रै नशामा थिएँ अाज सानू ! ।२ ।
त्यहाँ फाट्दथें टालिदिन्थ्याै तिमीले
यहाँ चैं स्वयंले सिएँ अाज सानू ! ।३ ।
नप्युँने भनी जाे गरेका कबूल
हुँदा बाध्य फिर्ता लिएँ अाज सानू ! । ४।
तिमी प्रष्ट प्यालाभरी देखियाै र
तदाकार बन्दै जिएँ अाज सानू ! । ५ ।
म सिङ्गै तरल भै बगें ,
अाफुलाई नशासाथ घाेलीदिएँ अाज सानू ! ।६ ।
खोलाघरे साहिँलो ( इलाम फ़ुएतप्पा, हाल: डालस, टेक्सास)