गोर्खा उच्च माविको भेटघाट कार्यक्रम सम्पन्न
प्रेम लामिछाने, गोर्खा । गोरखा उच्च मावी तुलसीपुरका पहिलो ब्याचका विध्यार्थीहरुले दशैको अबसर पारेर गेट टुगेदर कार्यक्रम गोरखा प्राङ्गणमा सम्पन्न गरेका छन । उन्सत्तरी सालको पहिलो ब्याचको प्लस टु प्रश्चात छरिएर पढाईको सिलसिलामा टाढा टाढा रहेका विधार्थिलाई जमघटको वातावरण गोरखा प्रोडकसनका संयोजक प्रेमराज लामिछाने र प्रविन देवकोटाले गरेका थिए ।
प्राध्यापक विष्णु भण्डारी , युवराज डाँगी ,विजय जि.याम , डम्बर डिसि र मोहन सुनारको आतिथ्यमा भएको कार्यक्रममा विध्यार्थिहरुले आफुले हाल पढिरहेको विषय र क्याम्पसको बारेमा जानकारि गराएका थिए । विशेष गरि यस्तो खालको जमघटले साथिहरु बिच आपसी माया प्रेम सामीप्यता बढ्दै जाने तथा कलेजप्रतिको आफ्नो माया एवंम दायित्व अझ पुर्ण रुपमा बढ्ने र भोलिका दिनमा कलेजले आयोजना गर्ने जस्तोसुकै कार्यक्रममा विध्यार्थी नै हकदार रहने कुरा कार्यक्रममा बोल्ने अधिकासं प्राध्यापकहरुको भनाई थियो ।
प्रत्येक वर्ष दशैको अवसर पारेर सप्तमीको दिन गेट टुगेदर आयोजना गर्दा अझ सम्पुर्ण विधार्थी समेटिने प्राध्यापक विष्णु भण्डारिले उल्लेख गर्नु भएको थियो । उक्त गेट टुगेदरमा आगामी वर्ष देखि गोरखा प्रोडक्सन कोष खडा गरि विभिन्न खाले कार्यक्रम गर्ने वातावरण सिर्जना गर्ने अपिल प्राध्यापक विजय जियामले गनुभएको छ । जमघटको अबसरमा विधार्थिहरुले चार वर्षको अन्तरालमा कलेजमा भएको परिवर्तन देखि कलेजको शैक्षिक गुणस्तरको प्रशंसा गर्दै आफ्नो कलेज प्रती पुर्ण रुपमा जिम्मेवारी रहनेछ भन्दै सरहरुलाई शुभकामना समेत दिएका थिए। यस अबसरमा विध्यार्थिहरुले कलेजको प्रयोगसालाहरुको समेत अवलोकन गरेका थिए । गेट टुगेदर बारे आफ्नो विचार व्यक्त गर्दै प्राध्यापक युवराज डाँगीले बिद्यार्थीद्वारा आयोजिय कार्यक्रमको अत्यन्तै सह्राना गर्नुभएको थियो ।